संसदको संख्या जम्मा ६०१ भएपनि खाजाको कुपन ३७ सय वितरण

<p>काठमाडौं, १ भदौं । संसदमा प्रतिनिधित्व गर्नुर्ने संसदको जम्मा संख्या ६०१ भएपनि उनिहरुले खाने खानाको कुपन भने ३७ सय जनासम्मलाई वितरण भएको पाइएपछि संसद सचिवलायले कुपन नै बन्द गराउने निर्णय गरेको छ । संसदका नाममा वितरण भएको यो कुपनको अधिक दुरुपयोग भएको भन्दै संसद सचिवालयले कुपन बन्द गराएर संसदलाई खाजाको पैसा नगद नै उपलव्ध गराउने [&hellip;]</p>

काठमाडौं, १ भदौं । संसदमा प्रतिनिधित्व गर्नुर्ने संसदको जम्मा संख्या ६०१ भएपनि उनिहरुले खाने खानाको कुपन भने ३७ सय जनासम्मलाई वितरण भएको पाइएपछि संसद सचिवलायले कुपन नै बन्द गराउने निर्णय गरेको छ ।
parliament_Nepal
संसदका नाममा वितरण भएको यो कुपनको अधिक दुरुपयोग भएको भन्दै संसद सचिवालयले कुपन बन्द गराएर संसदलाई खाजाको पैसा नगद नै उपलव्ध गराउने निर्णय गरेको छ । खाजा र खानाका लागि दिइने कुपनमा व्यापक अनियमितता भेटिएपछि संसद् सचिवालयले भदौ १ गतेदेखि ‘कुपन सिस्टम’ बन्द गर्ने निर्णय गरेको हो । समितिका बैठकमा चियामात्र खुवाउने र कुपनको सट्टा सांसदलाई खाजा र खानाबापत दैनिक चार सय रुपैयाँ दिने निर्णय सचिवालयले गरेको छ ।

समितिको बैठक बस्दा एकजना नेताको पछाडि दर्जनौं सुरक्षाकर्मी, सहयोगी र ड्राइभरलाई पनि कुपन दिनुपर्ने, कर्मचारीलाई छुट्टै खाजा खर्च दिइए पनि कुपनबाटै खाजा र खाना खाने गरेको तथा कुपनको व्यापक दुरुपयोग हुने गरेको भन्दै कुपन सिस्टम बन्द गर्नुपरेको सभामुख ओनसरी घर्तीमगरको सचिवालयले जनाएको छ ।
हाल सांसदमा प्रतिनिधित्व गर्ने संसदको संख्या ५९५ जना मात्रै भएपनि एकै दिनमा खाजा(खानाको कुपन ३७ सयसम्म वितरण भएको पाइएको छ । सभामुख घर्तीले आर्थिक मितव्ययिता अपनाउन आफूले यस्तो निर्णय गरेको विभिन्न दलका सचेतकहरूसँगको छलफलमा बताएकी छन् । संसद् सचिवालयका एक कर्मचारीले एक दिनमा तीन हजार पाँच सयसम्म कुपन बाँडिएको र कुपनमा ठूलो रकम खर्च भइरहेको बताए ।

सचिवालयले सांसदलाई खाजा र खानाबापत नगद दिने निर्णय गरे पनि संसद्का कर्मचारीले पाइरहेको भन्दा निकै कम छ । संसद्का सबै तहका कर्मचारीले दैनिक ६ सय रुपैयाँ खाजा खर्च पाउँछन् भने बिदाको दिन एक सय ५० रुपैयाँ थप पाउँछन् ।

Share News