सरकारद्वारा मकालु एयर दुर्घटना छानबिन आयोग गठन

<p>काठमाडौं ३२ साउन। नागरिक उड्ययन मन्त्रालयले हुम्लामा दुर्घटनाग्रस्त मकालु एयरको कलसाइन ९ एन एकेसी जहाजको छानबिन गर्न आयोग गठन गरेको छ । पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्ष चार सदस्यीय दुर्घटना जाँच आयोग गठन भएको हो । दुई साताअघि भएको मकालु एयर जहाज दुर्घटना सम्बन्धमा जाँचबुझ आयोग बनाउन आलटाल गर्दै आएको थियो । गैरसैनिक हवाई उडान दुर्घटना जाँच [&hellip;]</p>

काठमाडौं ३२ साउन। नागरिक उड्ययन मन्त्रालयले हुम्लामा दुर्घटनाग्रस्त मकालु एयरको कलसाइन ९ एन एकेसी जहाजको छानबिन गर्न आयोग गठन गरेको छ । पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्ष चार सदस्यीय दुर्घटना जाँच आयोग गठन भएको हो ।

Makalu-Air-Crash

दुई साताअघि भएको मकालु एयर जहाज दुर्घटना सम्बन्धमा जाँचबुझ आयोग बनाउन आलटाल गर्दै आएको थियो ।

गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जाँचबुझ आयोग गठन अनिवार्य छ ।

आयोगको सदस्यहरूमा वायुसेवा निगमका इन्जिनियर सोहन महर्जन, गोमा एयरका क्याप्टेन मनिष पन्त र सदस्य–सचिवमा मन्त्रालयको हवाई महाशाखाका उपसचिव हरिबहादुर खड्का छन् ।

Share News