बंगुरपालनबाट मनग्य आम्दानी, मासिक झण्डै दुईदेखि पाँच लाख रुपैयाँ कमाइ

<p>लम्जुङ, ३२ साउन । लम्जुङका एक यूवा बंगुरपालनमा व्यस्थ छन् । जिल्ला सदरमुकाम बेसीशहर स्थित मस्र्याङ्दी किनारमा बंगुर व्यवसाय गरेका मानध्वज आले मगर प्राय बंगुर फर्म मै भेटिन्छन् । करिब एक करोडको लगानीमा व्यवसायीक रुपमा बंगुरपालनमा लागेका मगर व्यवसायबाट मनग्य आम्दानी लिन सफल भएका छन् । व्यवसायीक रुपमा बंगुलपालनमा लाग्ने उद्धेश्यले पाँच बर्ष अगाडी मगरले [&hellip;]</p>

लम्जुङ, ३२ साउन । लम्जुङका एक यूवा बंगुरपालनमा व्यस्थ छन् । जिल्ला सदरमुकाम बेसीशहर स्थित मस्र्याङ्दी किनारमा बंगुर व्यवसाय गरेका मानध्वज आले मगर प्राय बंगुर फर्म मै भेटिन्छन् । करिब एक करोडको लगानीमा व्यवसायीक रुपमा बंगुरपालनमा लागेका मगर व्यवसायबाट मनग्य आम्दानी लिन सफल भएका छन् ।

bangur
व्यवसायीक रुपमा बंगुलपालनमा लाग्ने उद्धेश्यले पाँच बर्ष अगाडी मगरले १९ वटा माउ खरिद गरी व्यवसाय शुरु गरेका थिए । अहिले मगरसँग २४ वटा भाले र २७ वटा पोथी बंगुर रहेको छ । आफुले बढी मात्रामा बंगुरको बच्चा उत्पादन गरेर बिक्री बितरण गर्ने गरेको उनले बताए ।

उनले भने, “राम्रो खालको पोथी बंगुरले एक बेतमा १४ वटासम्म बच्चा जन्माउँछ, ३५ दिन देखी २ महिना सम्ममा बच्चा बेच्न शुरु हुन्छ ।” खसी पारेको बच्चालाई ४५ सय र नपारेकोलाई ४१ सयमा बेच्ने गरेको छु, उनले भने ।

bangur1मगरका अनुसार महिनामा ३० भन्दा बढी बच्चा उत्पादन हुने गरेको छ । हालसम्म ४ सय भन्दा बढी बच्चा बिक्री गरिसकेको उनले बताए । मगरले भने, “एउटा माउले १ सय १० देखी १४ दिनमा बच्चा जन्माउँछ, उन्नत जातको माउ भए ८ बेत सम्म बच्चा जन्माउने गरेको छ ।”

मगरले ५ रोपनी जग्गा खरीद गरी बंगुर फर्म सञ्चालन गरेका हुन् । मिलाप बंगुर फार्मको नामबाट बंगुर पालन थालेका मगर अब बंगुर व्यवसाय सँगै माछा पालन व्यवसाय थाल्ने योजनामा छन् । मगरको व्यवसायमा जिल्ला पशु सेवा कार्यालयले ७२ हजार रुपैँया अनुदान सहयोग गरेको थियो ।

जिल्लामा बंगुर पालनको राम्रो सम्भावना रहेको र बजार क्षेत्रमा बंगुरको मासु खपत अत्याधिक हुने भएपछि मगरले फ्रेसहाउस समेत सञ्चालन गरेका छन् । बंगुर पालन व्यवसायमा लगानी अनुसार मासिक झण्डै दुईदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ । राम्रोसँग फस्टाएमा एउटा बंगुर आठदेखि १० महिना पाल्दा २५ देखि ३० हजार रुपैंयाँमा बिक्री हुने गर्दछ । स्थानीय बजारमा बंगुरको मासु प्रति किलो ३ सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ ।

कामको खोजिमा वैदेशिक रोजगारीका लागी खाडि मुलुक धाउनुभन्दा स्वदेशमा यस्तै व्यवसाय गरेर मनग्य आम्दानी लिन सकिने मगरको भनाई छ । मगरसँग हेमसायर, लेन्द्रास टेर्मोर्थ लगाएतका जातका बंगुर रहेका छन् ।

Share News