काठमाडौं, ३२ साउन । एभरेष्ट फाइनान्सले सेयरधनीलाई १४ दशमलब ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १० लाख ४९ हजार रुपैयाँ नगद लाभांश दिने निर्णय लिएको छ ।
उक्त निर्णय शनिबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो लाभांश पाउने छन् ।
हाल कम्पनीको चुक्ता पूँजी ११ करोड रुपैयाँ रहेको छ । मंगलबार कम्पनीको सेयर करिब १९० रुपैयाँमा किनबेच भइरहेको छ ।