कालोबजारी र महंगी नियन्त्रणका लागी सरकारी प्रयास सुरु

<p>काठमाडौं ३१ साउन। बढ्दो कालोबजारी, मंहगी र बजारमा हुने मिसावटविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने भएको छ । चाडपर्व नजिकिदै गर्दा बजारमा अत्यावश्कीय बस्तुको कृतिम अभावका साथै मंहगी र उपभोक्ता ठगीका घटना हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै  सरकारले त्यसविरुद्ध आजदेखी कडा रणनीति अवलम्बन गर्ने तयारी गरेको हो । सोही तयारी स्वरुप प्रधानमन्त्री पुष्प कमल दाहालले [&hellip;]</p>

काठमाडौं ३१ साउन। बढ्दो कालोबजारी, मंहगी र बजारमा हुने मिसावटविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने भएको छ । चाडपर्व नजिकिदै गर्दा बजारमा अत्यावश्कीय बस्तुको कृतिम अभावका साथै मंहगी र उपभोक्ता ठगीका घटना हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै  सरकारले त्यसविरुद्ध आजदेखी कडा रणनीति अवलम्बन गर्ने तयारी गरेको हो ।

सोही तयारी स्वरुप प्रधानमन्त्री पुष्प कमल दाहालले आज अपरान्ह ३ बजे गृह, बार्णिज्य र आपुर्ति मन्त्रीसहितको उच्चस्तरिय बैठक बोलाएका थिए। बैठकमा सम्बन्धित मन्त्रालयका सचिवलाई समेत बोलाइएको प्रधानमन्त्रीका स्वकीय सचिव मनहरी तिमिल्सेनाले जानकारी दिए।

 

सुक्ष्म रुपमा अनुगमन तथा निगरानी गरेर उपभोक्ता मैत्री बजार बनाउने अभियान स्वरुप सरकारले बिशेष रणनीति तय गर्न लागेको प्रधानमन्त्रीका निकटवर्तीहरुले बताएका छन् । सरकारले आजदेखी नियमित रुपमा बजारको सुक्ष्म अनुगमन गर्ने र दोषीमाथी तत्काल कडा कारवाही गरि उपभोक्ताहितका लागी व्यवसायीलाई जवाफदेखी बनाउन बिशेष निर्णय गर्ने सरकारी अधिकारीले बताएका छन् ।

 

प्रधानमन्त्री दाहालले बजार अनुगमनलाई नियमित गर्न र कालोबजारी र उपभोक्ता ठगी गर्नेविरुद्ध कडा कारवाही गर्ने संयन्त्रको बिकास गर्न गृह, आपुर्ति र बाणिज्य मन्त्रालयलाई  निर्देशन दिनेछन् ।

Share News