टाटा मोटर्सको चार दिने कार मेला सम्पन्न, २६ सय भन्दा बढी अवलोकनकर्ता

<p>काठमाडौं, ३१ साउन । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी टेडिङ्गद्वारा काठमाडौंको नक्सालमा आयोजना गरिएको ४ दिने टाटा मोटर्स् कार मेला सिजन ४ सम्पन्न भएको छ । २६ सय भन्दा बढी दर्शकहरुले अवलोकन गरेको सो कार मेलामा अवलोकनकर्ताहरु टाटाका विभिन्न गाडीहरुबारे जानकारी लिई टेस्ट ड्राइभ लगायत मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भएका थिए । आयोजक सिप्रदी [&hellip;]</p>

काठमाडौं, ३१ साउन । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी टेडिङ्गद्वारा काठमाडौंको नक्सालमा आयोजना गरिएको ४ दिने टाटा मोटर्स् कार मेला सिजन ४ सम्पन्न भएको छ । २६ सय भन्दा बढी दर्शकहरुले अवलोकन गरेको सो कार मेलामा अवलोकनकर्ताहरु टाटाका विभिन्न गाडीहरुबारे जानकारी लिई टेस्ट ड्राइभ लगायत मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भएका थिए ।

car_mela_finish

आयोजक सिप्रदी ट्रेडिङ्गका अनुसार सो कार मेलामा उपस्थित दर्शकहरुमध्ये ३८० भन्दा बढीले टाटाका विभिन्न मोडलका गाडीहरु टेस्ट ड्राइभ गरे भने ९२ जनाले टाटाको गाडीे खरिदका लागि बुकिङ्ग पनि गरेका थिए । साथै १८२ भन्दा बढी सहभागी दर्शकहरुले आफ्नो गाडीको मूल्याङ्कन गराएका थिए । २०७३ श्रावण ३० गते आइतबार सम्म बिहान ११ः०० बजे देखि साँझ ७ः०० बजे सम्म संचालन गरिएको सो कार मेलामा दर्शकको उत्साहजनक सहभागिता रहेको आयोजक सिप्रदी ट्रेडिङ्गले जनाएको छ ।

car_mela

उक्त मेलामा चर्चित गायिका इन्दिरा जोशीले शनिबार साँझ दर्शकहरुलाई आफ्नो दमदार पर्फमेन्ससहित भरपूर मनोरञ्जन प्रदान गरेकी थिइन् भने आइतबार साँझ चर्चित हाँस्य कलाकार जितु नेपालले आफ्नो कमेडीद्वारा दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । सो मेलाका अन्य आकर्षणहरुमा पेन्ट बल, फुड स्टल, बी–बोईङ्ग, नेल आर्ट, फेस पेन्टिङ्ग, गेम स्टल र पुरस्कार वितरणलगायतका कार्यक्रमहरु रहेका थिए

आयोजकका अनुसार मेला अवधिभर टाटा फेसबुक फोटो कन्टेस्टको संचालन गरिएको थियो जसअन्तर्गत १ जना भाग्यशाली विजेताले स्मार्टफोन प्राप्त गरेका थिए । साथैे गाडी बुकिङ्ग गर्ने महानुभावहरुमध्ये भाग्यशाली विजेताको रुपमा जय नारायण चौधरीले लिभिङ्ग एडभेन्चरले प्रायोजन गरेको फ्रि थाइल्याण्ड ट्रिप प्राप्त गरेका थिए । अन द स्पट गाडी एक्सचेन्ज अफर अन्तर्गत रमेश प्रसाईं ले एक सेट मिसिलिन टायर प्राप्त गरेका थिए भने प्रेम ब. बरालले बुकिङ्गमा इन्र्भटर, दमन देवी लुईंटेल र शक्ति नाथ कर्माचार्यले लक्की बुकिङ्गमा गाडीको पूर्ण बीमाको सुविधा प्राप्त गरेका थिए ।

साथै किरण चौधरी, खेमानन्द बस्याँल, हिमर्दी फुड प्रा.लि., शुशान्त अधिकारी र रेख ब. थापाले ले गाडीको तेस्रो पार्टी बीमा सुविधा प्राप्त गरेका थिए भने हरेक टेस्ट ड्राइभका सहभागीहरुले २–२ वटा र टाटाको कुनैपनि गाडीको स्केच कोरेका हरेक सहभागीहरुले १–१ वटा फ्रि मुभी टिकट प्राप्त गरेका थिए ।

Share News