काठमाडौं, ३१ साउन । सनराइज बैंकले १ लाख २२ हजार ३ सय ३७ कित्ता संस्थापक सेयर संस्थापकलाई नै लिलाम बढाबढमा बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयर धनीले सेयर विक्री गर्न चाहेकोले राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापकलाई नै विक्री गर्न लागिएको हो ।
बैंकले सोमवार सार्वजनिक सुचना प्रकाशित गरेर सेयर विक्रीको जानकारी गराएको छ । यसको लागि बैंकले न्यूनतम सेयर मूल्य ४२५ रुपैयाँ प्रतिकित्ता तोकेको छ । बैंकले तोकेको मूल्यमा नघटाइ आफूले खरिद गर्न चाहेको सेयरको मूल्य र कित्ता संख्या समेत खुलाएर ३५ दिन भित्रमा बैंकमा निवेदन दिइसक्न पनि बैंकले भनेको छ ।