मेरो कारण सेयर बजार घटेको हैन – प्रधानमन्त्री प्रचण्ड

<p>काठमाडौं, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वको सरकारका कारण सेयर बजार नघटेको बताएका छन्। नेपाल टेलिभिजनको ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा शनिबार राति प्रत्यक्ष कुराकानी गर्दै प्रधानमन्त्रीले आर्थिक विकासलाई नै आफ्नो सरकारले प्राथमिकताको एउटा मूल मुद्दा बनाएको हुनाले सेयर बजार चिन्तित हुनुपर्ने कुनै कारण नभएको बताए। उनले कार्यक्रममा भने, ‘मलाई त्यस्तो लाग्दैन। यो सेयर [&hellip;]</p>

काठमाडौं, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वको सरकारका कारण सेयर बजार नघटेको बताएका छन्। नेपाल टेलिभिजनको ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा शनिबार राति प्रत्यक्ष कुराकानी गर्दै प्रधानमन्त्रीले आर्थिक विकासलाई नै आफ्नो सरकारले प्राथमिकताको एउटा मूल मुद्दा बनाएको हुनाले सेयर बजार चिन्तित हुनुपर्ने कुनै कारण नभएको बताए।

उनले कार्यक्रममा भने, ‘मलाई त्यस्तो लाग्दैन। यो सेयर मार्केट अलि अलि तल जाने र माथि आउने त भइ नै राख्छ। अहिले तपाईँले यो प्रश्न गर्दैगर्दा फेरि सेयर बजार माथि उकालो लाग्न सुरु भएको छ। त्यसकारण त्यो ममाथि अथवा मेरो नेतृत्वमाथि प्रश्न हो भनेर म मान्न सक्ने स्थिति मैले ठान्दिनँ।

 

तर मैले निजी क्षेत्रसँग पनि र समग्र आर्थिक विकासलाई नै प्राथमिकताको एउटा मूल मुद्दा बनाएको स्थितिमा सेयर बजारमा अथवा आर्थिक कारोबार गर्ने कोही पनि समुदायले चिन्तित हुनुपर्ने कुनै कारण छैन।‘ प्रचण्ड प्रधानमन्त्री भएको केही दिनमै नेप्से ओरालो लागेर सर्किट ब्रेकर लगाई कारोबार बन्द भएको थियो।

 

त्यही दिन कालो धन छानबिन गर्न बनाएको समिति धितोपत्र बोर्डले खारेज गरेपछि भोलिपल्टै सेयर बजार उकालो लागेको थियो। तर आज फेरि सेयर बजार झण्डै ४१ अङ्कले घटेको छ।

Share News