पाँच मन्त्री र चार राज्यमन्त्री थपिए, काँग्रेसले नयाँ मन्त्री पठाएन

<p>काठमाडौँ, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले आईतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष समारोहमा पाँचजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । विस्तारित मन्त्रिपरिषद्मा जनार्दन शर्माले ऊर्जा, सुरेन्द्र कुमार कार्कीले सूचना तथा सञ्चार, हितराज पाण्डेले सङ्घीय मामिला तथा स्थानीय विकास, अजयशङ्कर नायकले कानुन, न्याय [&hellip;]</p>

Prachandaकाठमाडौँ, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले आईतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष समारोहमा पाँचजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।

विस्तारित मन्त्रिपरिषद्मा जनार्दन शर्माले ऊर्जा, सुरेन्द्र कुमार कार्कीले सूचना तथा सञ्चार, हितराज पाण्डेले सङ्घीय मामिला तथा स्थानीय विकास, अजयशङ्कर नायकले कानुन, न्याय तथा संसदीय मामिलाको जिम्मेवारी पाएका छन् । नबनियुक्त मन्त्री धनीराम पौडेललाई कुनै पनि मन्त्रालयको जिम्मेवारी दिईएको छैन ।

प्रधानमन्त्री दाहालले आइतबार नैप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चारजना राज्यमन्त्रीलाई शपथ खुवाएका छन् । त्यसमा यसअनुसार श्रीप्रसाद जवेगु (सङ्घीय मामिला तथा स्थानीय विकास), सत्यनारायण भगत (ऊर्जा), राधिका तामाङ (कृषि विकास) र धनमाया विक (विना विभागीय)ले शपथ लिएका छन् ।

Share News