
काठमाडौं, २८ साउन । युनिलिभर नेपाल लिमिटेडले सेयरधनीलाई १०२० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ । जसअनुसार युनिलिभरको एक कित्ता सेयर भएका सेयरधनीले १०२० रुपैयाँ नगद लाभांस पाउने भएका छन् ।
उक्त निर्णय शुक्रबार बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । समितिको निर्णय कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्रामा लाभांस पाउनेछन् ।