काठमाडौं, २८ साउन । नेपाल धितोपत्र बोर्डले सूचिकृत कम्पनीले जारी गर्ने एफपिओ(फर्दर पब्लिक अफरिङ)को मुल्य निर्धारणको आधार तयार पारेको छ । बोर्डको सञ्चालक समिति बैठकले विभिन्न चार वटा आधारमा प्राप्त नतिजाको कुल योगफलको औषतलाई एफपिओको मुल्य निर्धारण गर्न सकिने व्यवस्था अघि सारेको हो ।
यस्ता छन एफपिओको मुल्य निर्धारणका आधारहरु
-पूँजीकृत भएको आम्दानी
-प्रति सेयर खुद सम्पतिको मुल्य
-एक सय ८० दिनको औषत बजार मुल्य
-भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मुल्य
यसरी चार वटा विधि प्रयोग गरि प्राप्त भएको कुल मुल्यको सामान्य औषत गणना गरि एफपिओको मुल्य निर्धारण गर्न सकिने निर्णय बोर्डले गरेको हो । बोर्डले चार वटा विधिबाट प्राप्त हुने मुल्यको समेत औचित्य पुष्ठि हुने आधारहरु हुनुपर्ने सर्त अघि सारेको छ ।


सेयर बजार विश्लेषक रविन्द्र भट्टराईले औचित्य पुष्टि गर्ने कुरा घुमाउरो भएको बताए । उनले तथ्यांकमा जानुपर्ने बताउँदै बोर्डले औचित्य पुष्ठि गर्नु पर्ने मान्यता अघि सारेर एफपिओको मुल्य निर्धारणलाई अस्पष्ट पारेको आरोप लगाए ।