काठमाडौं, २७ साउन । नेपालले संसारका १८६ वटा मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको छ । ती मुलुकहरुसँगको वैदेशिक व्यापार वापत नेपालले आर्थिक वर्ष २०७२/७३ मा ८ खर्ब ४४ अर्ब रुपैंयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो । सो व्यापारबाट नेपालले ७ खर्ब ४ अर्ब व्यापार घाटा व्यहोरेको छ । नेपालले अघिल्लो आर्थिक वर्षमा जम्मा ७० अर्ब २५ करोडको निर्यात गरेर ७ खर्ब ७४ अर्ब मुल्य बराबरको समान आयात गरेको देखिन्छ ।
यति ठुलो व्यापार घाटाका वावजुद पनि नेपालले विभिन्न ३८ देशसँगको वैदेशिक व्यापारमा भने नाफा कमाएको छ ।नेपालले अफगानिस्तान, कंगो, पुवी टिमोर, इस्टोनिया, इरान, लिथुवानिया, माली, मंगोलिया, निकारागुआ, स्लोभेनिया, सुडान लगायतका मुलुकसँगको वैदेशिक व्यापारमा नाफा गरेको देखिन्छ । अचम्म त के छ भने नेपालले नर्वे, पोर्चुगल र बेलायतसँग पनि वैदेशिक व्यापारमा नाफै गरेको छ ।
यी हुन नेपालले व्यापार नाफा गरेको ३८ मुलुकहरु:


