सनराइज बैंकको रेमिट्यान्स सेवा अब कोरियाबाट पनि

<p>काठमाडौं, २६ साउन । सनराइज बैंकले रेमिट्यान्स सेवा बिस्तार गर्ने क्रममा कोरियाको इन्डष्ट्रियल बैंक अफ कोरिया (आइबीके) सँग विप्रेषण सम्बन्धी सम्झौता गरेको छ । यसबाट कोरियामा बस्दै आएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले आइबीके को कुनै पनि शाखाबाट नेपालमा सन्राइज बैंकको खातामा सजिलै पैसा पठाउन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार आइबीकेको कोरियामा ६३७ शाखाको [&hellip;]</p>

काठमाडौं, २६ साउन । सनराइज बैंकले रेमिट्यान्स सेवा बिस्तार गर्ने क्रममा कोरियाको इन्डष्ट्रियल बैंक अफ कोरिया (आइबीके) सँग विप्रेषण सम्बन्धी सम्झौता गरेको छ । यसबाट कोरियामा बस्दै आएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले आइबीके को कुनै पनि शाखाबाट नेपालमा सन्राइज बैंकको खातामा सजिलै पैसा पठाउन सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार आइबीकेको कोरियामा ६३७ शाखाको संजाल छ जसमध्ये आनसान र इतेवान शाखा आप्रबासीहरुलाई रेमिट्यान्स सेवा दिने उद्देश्यले हप्ताको सातै दिन खुल्ला गरिएको छ । आइबीकेको कुनै पनि शाखाबाट पैसा पठाउन ग्राहकले एकपल्ट सम्बन्धित शाखामा गई नेपाल स्थित पैसा पाउने व्यक्तिको विवरण दर्ता गरेपछि आफूले चाहेको समयमा स्वचालित विप्रेषण प्रणाली एनइटाइम रेमिटेन्स अथवा मोबाइल बैकिंग अथवा एटिएमबाट नेपालमा पैसा पठाउन सक्ने बैंकले जनाएको छ ।

यसरी पैसा पठाउने ग्राहकलाई आइबीकेले रेमिट्यान्स पठाउन लाग्ने शुल्कमा ३० प्रतिशत छुट दिने छ र आइबीके मै खाता रहेको ग्राहकले आफ्नो तलब सोहि खातामा बुझ्ने गरेको छ भने त्यस्ता ग्राहकलाई आइबीकेले रेमिट्यान्स पठाउन लाग्ने शुल्कमा शत प्रतिशत छुट दिने छ । यसका अतिरिक्त सनराइज बैंकको खातामा पैसा जम्मा हुँदा सनराइज बैकले कुनै रकम नलिने जानकारी गराएको छ । सनराइज बैंकको ६७ वटै शाखाबाट यो सेवा लिन सकिने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Share News