पवन संघाईसँगै पूर्व सभासद् मधुसुधन अग्रवाल पनि फरार, कहाँ-कहाँ छ संघाई ग्रुपको बिजनेश कनेक्सन ?

<p>काठमाडौं, २५ साउन । लागुऔैषध तस्करी जस्तो गम्भीर अपराधमा अनुसन्धान भैरहेको बेला व्यापारिक घराना संघाई ग्रुपका अध्यक्ष पवन संघाइसँगै उनका भान्जा मधुसुधन अग्रवाल पनि फरार भएका छन् । अग्रवाल एस.आर. ड्रग ल्याब्रोटरी प्रा.लिका संचालक एवं पूर्व सभासद् पनि पनि हुन् । २०६४ को पहिलो संविधानसभामा मधेसी जनाधिकार फोरमबाट समानुपातिक सभाषद् बनेका अग्रवालले पनि संघाईले जस्तै [&hellip;]</p>

काठमाडौं, २५ साउन । लागुऔैषध तस्करी जस्तो गम्भीर अपराधमा अनुसन्धान भैरहेको बेला व्यापारिक घराना संघाई ग्रुपका अध्यक्ष पवन संघाइसँगै उनका भान्जा मधुसुधन अग्रवाल पनि फरार भएका छन् । अग्रवाल एस.आर. ड्रग ल्याब्रोटरी प्रा.लिका संचालक एवं पूर्व सभासद् पनि पनि हुन् ।
pawan-madusudan
२०६४ को पहिलो संविधानसभामा मधेसी जनाधिकार फोरमबाट समानुपातिक सभाषद् बनेका अग्रवालले पनि संघाईले जस्तै कोल्ड ट्याब्लेट बनाउने सरकारसँग अनुमति लिएर सो स्युडोइफ्रिडिन रसायन आयात गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यद्यपी यसलाई भने प्रहरीले सार्वजनिक गरेको छैन ।

दुबै जना नेपालबाट भागेर भारत छिरेको अनुमान गरिएको छ । प्रहरी उच्च स्रोतका अनुसार नेपाल र भारतमा रहेका व्यापारिक प्रतिष्ठान पनि हेर्न मिल्ने गरी उनी भारततर्फ भागेकाले उनलाई पक्राउ गर्न नसकिएको हो ।  ‘ललितपुस्थित प्लाष्टिक कारखानमा ‘स्युडोइफ्रिडिन’ बरामद भएकै भोलीपल्ट उनी भागेका हुन उनलाई पक्राउ गर्न खोज्दा खोज्दै सूचना लिक भएर उनी भागे’, प्रहरी उच्च स्रोतले भन्यो ।

प्रहरी स्रोतकै अनुसार यतिबेला उनी दिल्लीमा रहेका आफन्तकोमा बसिरहेका छन् । त्यहीबाट नेपालको व्यापार हेर्ने गरेका छन् । यद्यपि प्रहरीले दिल्ली प्रहरीसँग समन्वय गरेर ल्याउन सकिरहेको छैन ।

लागूऔषध नियन्त्रण व्यूरोका एसएसपी गणेश केसीका अनुसार प्रहरीले पवन काठमाडौमै हुनसक्ने सम्भानालाई ध्यान दिएर विमानस्थलदेखि स्थलमार्गको नाकामा समेत निगरानी राखिरहेको छ । ‘हामीले चारै तिर निगरानी बढाएका छौ, उनी काठमाडौमै हुन पनि सक्छन्’, उनले भने । पक्राउ परेपछि प्रहरीले ९० दिसम्म थुनेर अनुसन्धान गर्ने अधिकार भएकाले पनि उनी फरार भएको हुनसक्ने आशंका गरिएको छ ।

स्वीटजरल्याण्डबाट नेपाल

औषधि बनाउन अनुमति लिइ स्वीटजरल्याण्डबाट नेपाल ल्याइएको सहायक रसायन लागूऔषध तस्करलाई सप्लाई गरेको भन्दै उनको सबै बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ । प्रहरीले उनीहरुको बैक खाता र लकरको अनुसन्धान सुरु गरेको छ । सबै बैकबाट स्टेटमेण्ट निकालेर अध्ययन प्रहरी स्रोतले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ परेका रतनलाल संघाई र कर्मचारी मोहित हलनसँगै फरार सञ्चालक पवनकुमार संघाई, आर्य फर्माका सञ्चालक शंकर हलनको बैंक खाता र लकर रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्र पठाएको थियो । सोही अनुसार उनीहरुको खाता रोक्का भैसकेको छ ।

‘लागूऔषध कारोबारमा संलग्नतासँगै वित्तीय कारोबारको अवस्थासमेत अनुसन्धान गर्न बैंक र लकर रोक्का राख्नु पर्ने अवस्था आएको छं,’ ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गणेश केसीले भने । कोल्ड ट्याब्लेट बनाउने भन्दै नेपाल ल्याइएको स्युडोइफ्रिडिन एमफेटामाइन बनाउन भारत हुँदै तिब्बत र बर्मा र थाइलैण्ड तस्करी गर्ने गरेको भन्दै ब्युरोले संघाई समूहका सञ्चालकसँगै सहयोगी दिलीप पण्डित, श्याम मोक्तान र बद्री वनलाई पक्राउ गरेको थियो । आर्य फर्माका नाममा नेपाल ल्याएको स्युडोइफ्रिडिन उनीहरूले तस्करी गर्ने गरेको ब्युरोको दाबी छ ।

तस्करीका लागि लुकाएर राखेको ४ सय ७० किलो स्युडोइफ्रिडिन ब्युरोले ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको प्लास्टिक कारखानामा फेला पारेको थियो । प्रहरीले सो औषधि नास्टमा पठाएको थियो । नास्टले ती चक्कीमा स्युडोइफ्रिडिनसँगै एमफेटामाइनका रसायन रहेको पुष्टि गरेको छ ।

प्रहरीले सिंगै व्यापारिक घरानाको यस कार्यलाई आश्चर्यजनक रुपमा लिएकाले एक समितिनै बनाएर छानवीन गर्दे सम्पत्ति समेत जफतका लागि सरकारले कदम चाल्नुपर्ने जनाएको छ ।

रुघा खोकीको औषधि

नेपालमा सो कच्चा पदार्थ मार्फत रुघाखोकी लागेको ठिक हुने औषधि कोल्डीन, डिकोल्ड, आदि उत्पान हुने गर्दछ । नेपालको ठूलो औद्योगिक घराना संघाई समूहका मुख्य सञ्चालकले औषधि बनाउन ल्याएको रसायन स्युडोइफ्रिडिन अन्र्तराष्ट्रिय लागूऔषध कारोबारीलाई बिक्री गरेको थियो । सो समूहले कोल्ड ट्याब्लेट बनाउने सरकारसँग अनुमति लिएर सहायक रसायन आयात गरेको थियो ।

संघाई समूहको लगानी रहेको आर्य फर्मा ल्याब प्रालिले औषधि व्यवस्था विभाग र गृह मन्त्रालयबाट कोडिन, डिकोल्डलगायत औषधि बनाउन अनुमति लिई स्युडोइफ्रिडिन नेपाल ल्याएको हो । तर, स्थलमार्गबाट भारत हुँदै अन्तर्रा्ष्ट्रिय कारोबारीलाई बिक्री गर्ने गरेको लागूऔषध नियन्त्रण ब्युरोको प्रारम्भिक अनुसन्धान विवरणमा उल्लेख छ । एक ट्याब्लेटमा ६० प्रतिशत स्युडोइफ्रिडिन हुन्छ । प्रहरीले संघाईको गोदामबाट २९ लाख ७४ हजार ग्राम चक्की फेला पारेको थियो । फेला परेको चक्की र त्यसमा रहेको स्युडोइफ्रिडिनको मात्रा छुटयाउँदा एक सय ७४ किलो परिमाण हुने प्रहरीले दावी गरेको छ ।

उनको गोदममा फेला परेको चक्की प्रशोधन गरी त्यसमा रहेको स्युडोइफ्रिडिनबाट ७१ किलो एमफेटामाइन वा आइस्डड्रग्स बनाउन सकिने अनुमान गरिएको थियो । प्रहरीका अनुसार लागूऔषध बजारमा त्यति मात्राको एमफेटामाइन पुग्ने हो भने १ अर्ब ३२ करोड रुपैयाँ पर्नेछ ।
स्युडोइफ्रिडिन औषधि बनाउन प्रयोग हुने एक प्रकारको रसायन हो । यो रसायन ल्याउन औषधि उत्पादक कम्पनीले औषधि व्यवस्था विभागमा निवेदन दिनुपर्छ । विभागले सो निवेदन अनुमतिका लागि गृहमन्त्रालय पठाउँछ । कति ल्याउने, कुन देशबाट ल्याउने भन्ने स्पष्ट भएपछि गृहले स्वीकृति दिन्छ ।

सरकारलाई विवरण बुझाउन आनाकानी

सिउडो ल्याउने स्वीकृति पाएपछि कम्पनीले एलसी खोलेर मात्रै सिउडो खरिद गर्न पाउँछ । त्यसरी ल्याइएको रसायनबाट कति ट्याब्लेट औषधि उत्पादन भयो र सो औषधि कुनकुन पसलमा बिक्री भयो भन्ने विवरण तयार पारेर सरकारलाई बुझाउनु पर्छ । नेपालमा कुन कम्पनीले कति सिउडो ल्यायो भन्ने तथ्यांक अन्तराष्ट्रिय लागूऔषध नियन्त्रण ब्यूरोमा समेत पेश गर्नुपर्छ । ६ महिना यता सो कम्पनीले विवरण नै बुझाएको छैन । सिउडो अवैध लागूऔषध एमफेटामाइन बनाउन प्रयोग हुने रसायन हो । सिउडोको कारोबार लागूऔषध माफियासँग भएको भेटिन थालेपछि भारत र अमेरिका जस्तो देशले यसको उत्पादन नै बन्द गराएका छन् ।

तर पवन सांघाईले भने स्वीजरल्याण्डबाट ल्याउँदै भारतकै बाटोबाट चीन र बर्मासम्म पुर्याउने गरेका थिए । औषधि उत्पादनका लागि ल्याइएको रसायन लागूऔषध माफियालाई सप्लाई गर्ने पवन सांघाईलाई कारबाहीको दायरामा ल्याउन सके लागूऔषध माफियासँग अन्य व्यापारिक घरानियाँको ‘कनेक्सन’ खुल्ने ब्यूरोको दावी छ । ‘यसमा उनी मात्रै कारोवारमा संलग्न छन् कि अन्य व्यापारिक व्यक्तिहरु पनि संलग्न छन भन्ने विषयमा अनुसन्धान भैरहेको छ’, व्यूरोका एसएसपी केसीले भने ।

शेयर बजार प्रभावित

व्यापारिक घराना संघाइ ग्रुपकै अध्यक्षलाई पक्राउ पूर्जी जारी हुनु र लागूऔषध कारोवारमा संलग्न भएको आरोप लगाएपछि सेयर बजारमा कारोवार गर्ने मारवाडी समूदायले धेरै दिनदेखि कारोवार बन्द गरेका छन् । व्यापारिक घरनामा दाग लागेका कारण तथा उनीले सम्हालेका उद्योग धन्दाको कारोबारको रकम समेत प्रभावित भएकाले सेयर बजार प्रभावित बनिरहेको प्रहरीले दावी गरेको छ । राजेन्द्र खेतान तथा खेतान समूहसँगको ठूला विजनेशमा पार्टनरसिप गर्दै आएका संघाई र अग्रवालले लक्ष्मी बैंक, प्राइमलाईफ, एभेरेष्ट इन्स्योरेन्स बैंक तथा बीमा कम्पनीहरुमा उल्लेख्य मात्रमा प्रमोटर सेयरमा लगानी गरेका छन् । पछिल्लो समय उनीहरुले तस्करीबाट कमाएको अर्बौ रुपैयाँ नेप्सेमा सूचिकृत विभिन्न कम्पनीहरुको साधारण सेयर खरिदमा लगानी गरेको बुझिएको छ । संघाई ग्रुप लागूऔषध कारोबारमा विवादमा परेपछि सेयर बजारमा मूल्यमा भारी गिरावट आएको छ ।

भारतमा यसको कारोवार

एक बर्ष अघि दिल्ली पुलिको क्राइम ब्रांचले स्युडोइफ्रिडिन ड्रग्स तस्करीमा संलग्न शार्मिला दोरइ र मलिक अग्रवाललाई पक्राउ गरेको थियो । उनको साथबाट १४ किलो स्युडोइफ्रिडिन बरामद गरेको थियो । भारतीय प्रहरीले यसलाई ठूलै चुनौतिका रुपमा लिएर अनुसन्धान समेत गरेको थियो । सयौ औषधि पसललाई कारवाही गर्नुका साथै अहिले प्रतिबन्ध नै लगाइदियो ।

सबै प्रान्तमा सर्च अभियाननै सञ्चालन गरेर त्यसलाई नियन्त्रणमा लिएको थियो । उनीसँग फेला परेको सो रसायन अन्तराष्ट्रिय ७० लाख डलर पर्ने भन्दै ठूलो मूल्य निर्धारण गरेपछि भारतीय सरकारसमेत त्यसलाई नियन्त्रण गर्नै दिशामा गम्भीर भएर लागेको थियो ।

Share News