काठमाडौं, २५ साउन । आन्तरिक राजस्व विभागमा महानिर्देशक चुडामणी शर्माले पदीय दुरुपयोग गर्दै आफ्नी छोरीलाई भोट मागेका छन् । आफ्नी छोरी ओजस्वी शर्मा ढकालले भाग लिएको प्रतिस्पर्धामा भोट गर्न अनुरोध गर्दै उनले विभागको महानिर्देशककै हैसियतमा मोवाइलवाट एसएमएस पठाएर भोट मागेका हुन् ।
उनले आफ्नी छोरी ओजस्वीले लिटिर स्टार कन्टेन्ष्ट २०१६ मा भाग लिएकोले उनको लागि एसएमएस भोट गर्न महानिर्देशक शर्माले अनुरोध गरेका छन् । आफ्नी छोरीले भाग लिएको प्रतिस्पर्धामा जिताउनको लागि नजिकका मित्रहरुसँग भोट माग्नु स्वभाविक भए पनि उनले पठाएको एसएमएसको तल उनको नामको साथै आन्तरिक राजस्व विभागको महानिर्देशक भनिएको छ । यसो गर्नु भनेको पदीय दुरुपयोग हो ।
आन्तरिक राजस्व विभाग भनेको देशको सवैभन्दा बढी राजस्व उठाउने निकाय हो । सो विभागले आयकर, अन्तशुल्क, वहालकर जस्ता प्रमुख कर उठाउने गर्छ । करमा दर्ता भएर कारोवार गरिरहेका देशभरका करदाताले कर तिर्ने निकायका प्रमुखले मेरी छोरीलाई भोट गर भन्दै पदीय हैसियत देखाएर भोट माग्नु पदीय दुरुयोग नै हुने अख्तियार एक अधिकारीले बताए ।
‘आन्तरिक राजस्व विभागका महानिर्देशलाई किन चिढ्याउनु, एक भोट दिउ न त भन्ने हुन्छ, कर सम्बन्धि विवाद भएका करदाताले त मैले भोट हालें र अरु धेरैलाई हाल्न लगाए नि हजुर भन्दै आफ्नो फाइल लिएर जाने सम्भावना पनि हुन्छ, यसैले पदको दुरुयोग नगरेको भए हुन्थ्यो,’ अख्तियारका एक अधिकारीले भने ।
शर्माले पठाएको एसएमएसमा आफूले भोट होल्न, परिवारलाई पनि भोट हाल्नु भन्न र साथीभाइ र चिनेजानेकालाई पनि भोट हाल्न अनुरोध गरिदिन अनुरोध गरिएको छ ।