काठमाडौं २४ साउन। सर्किट ब्रेकर लागेर कारोवार स्थगित भएपछि नेपाल धितोपत्र बोर्डले अाज दुईवटा विज्ञप्ति निकालेको छ। नेपाल स्टक एक्सचेञ्जको (नेप्से सूचक) ८८ अंकले घटेपछि बोर्डले एकै दिन दोस्रो विज्ञप्ति जारी गरेको छ । दोस्रो विज्ञप्तीमार्फत बोर्डले धितोपत्र बजारमा सम्पत्ती सुद्धिकरण सम्वन्धी विषयमा अध्ययन गर्न गठन गरेको समिति खारेज गरेको जानकारी दिएको छ।
बोर्डले गठन गरेको समितिलाई नेप्सेमा कालोधन प्रयोग भएको भन्दै व्याख्या गरिएको थियो । यो विषयलाई ठूला लगानीकर्ताले उचालेपछि बजार घटेको सरोकारवालाले बताउँदै आएका थिए । गुनासो बढेपछि सम्पत्ती सुद्धिकरण सम्वन्धि विषयमा छानविन, अनुसन्धान तथा कारवाहीका लागि सम्पत्ती सुद्धिकरण सम्वन्धी ऐन नियम तथा निर्देशिका बमोजिम विभिन्न निकायहरु रहेको भन्दै बोर्डले समिति खारेज गरेको हो ।
.gif)
बोर्डले समितिका विषयमा लगानीकर्ताको गलत बुझाई पर्न गएको र त्यसबाट नेप्सेमा समेत नकारात्मक प्रभाव पर्न गएको गुनासो आएको जानकारी पनि प्रेस विज्ञप्तिमा दिएको छ।
.gif)
बोर्डले समितिका विषयमा लगानीकर्ताको गलत बुझाई पर्न गएको र त्यसबाट नेप्सेमा समेत नकारात्मक प्रभाव पर्न गएको गुनासो आएको जानकारी पनि प्रेस विज्ञप्तिमा दिएको छ।
यसअघि आजै नेपाल धितोपत्र बोर्डले सेयर बजारका लगानी कर्ता हतोत्साहित नभई लगानी गर्न आग्रह गर्दै पहिलो विज्ञप्ती प्रकाशित गरेको थियो ।