काठमाडौं, २४ साउन । नेपाल धितोपत्र बोर्डले सेयर बजारका लगानी कर्ता हतोत्साहित नभई लगानी गर्न आग्रह गरेको छ । केहिदिन देखि धितोपत्र बोर्डले नियोजीत ढंगले बजार घटाउन लागिपरेको आरोप लगानी कर्ताहरुले लगाईरहेका छन् । त्यसको जवाफमा बोर्डले सूचिकृत कम्पनीहरुको वित्तिय विवरणको सुक्ष्म अध्ययन गरि सुझबुझपुर्ण ढंगले लगानी गर्न पनि आग्रह गरेको हो ।
बोर्ड आफ्नो उदेश्य बजार घटाउनु वा बढाउनु नभएर लगानी कर्ताको हित सुरक्षित गर्ने तर्फ केन्द्रित रहेको समेत स्पष्ट पारेको छ । नेपालको पुँजी बजारलाई थप व्यवस्थित र लगानी कर्ता मैत्री बनाउने अभियानमा सामेल भएको बोर्डलाई बजार घटाउन लागेको आरोप लगाइनु आपक्ति जनक भएको पनि बोर्डले भनेको छ ।
सोमबार बजार ८८ दशमलब ८१ अंकले घटेर सर्किट ब्रेक लगाउँदै कारोबार बन्द भएपछि बोर्डले लगानीकर्तालाई हतोत्साहित नहुन पनि आग्रह गरेको हो ।