नेप्से ५ प्रतिशतभन्दा बढीले घट्यो, कारोवार रोकियो

<p>काठमाडौं, २४ साउन । बजार अत्याधिक घटेपछि सोमवार कारोवार नै रोकिएको छ । दिउसो साढे १ बजेसम्ममा बजार ५ प्रतिशतले घटेपछि  दिनभरकै लागि कारोवार रोकिएको हो । गत सातादेखि घट्न लागेको बजार सोमवार ८८ दशमलब ८१ अंकले घटेको छ । सो दिन बजार ५ दशमलब ०३ प्रतिशतले घटेको छ । सेयर कारोवार रकम पनि उल्लेख्य [&hellip;]</p>

काठमाडौं, २४ साउन । बजार अत्याधिक घटेपछि सोमवार कारोवार नै रोकिएको छ । दिउसो साढे १ बजेसम्ममा बजार ५ प्रतिशतले घटेपछि  दिनभरकै लागि कारोवार रोकिएको हो ।

गत सातादेखि घट्न लागेको बजार सोमवार ८८ दशमलब ८१ अंकले घटेको छ । सो दिन बजार ५ दशमलब ०३ प्रतिशतले घटेको छ ।

सेयर कारोवार रकम पनि उल्लेख्य रुपमा घटेको छ । सोमवार जम्मा ८७ करोड ९३ लाख रुपैयाँको मात्रै सेयर कारोवार भएको छ । अघिल्लो साता दैनिक करिब २ अर्ब रुपैयाँको हाराहारीमा कारोवार हुदै आएको थियो । सेयर विक्री गर्न आउनेको मात्रै चाप बढेको धितोपत्र दलाल ब्यवसायी संघका पूर्वअध्यक्ष नरेन्द्र सिजापतिले जानकारी दिए ।

सोमवार बैंकिङ समुह ९२ दशमलब ३८ अंकले, होटल समुह ६२ दशमलब ९६ अंकले, विकास बैंक समुह ६९ दशमलब ६१ अंकले, जलविद्युत समुह ११७ दशमलब ३५ अंकले, फाइनान्स समुह ३० दशमलब ३० अंकले, बीमा समुह ५३७ दशमलब ८४ अंकले र अन्य समुह ३२ अंकले घटेको छ ।

Share News