काठमाडौं,२४ साउन। पटक पटक समस्या अाउने गरेको नेपाल टेलिकमको रिचार्ज समस्या फेरि पनि दाहोरिएको छ। गत शनिवार र अाइतवार नेपाल टेलिकमका एनटी कार्डहरु रिचार्ज भएनन्। टेलिकमले दुईदिनसम्म समस्या हुँदापनि गैर्हजिम्मेवार भएर एउटा सूचनासमेत ननिकालेर फेरी झारा टारेको छ।

नयाँ मोवाइल विलिङ सिस्टमको सफ्टवेयर अपग्रेडमा प्राविधिक समस्या आएका कारण पुरानै सफ्टवेयरमा लगेर सिस्टम मिलाइएर सेवा सुचारु गरेको टेलिकमले जनाएको छ। शनिवारदेखि रिचार्जमा समस्या भएको नेपाल टेलिकमको सेवा आइतवार साँझवाट नियमित सुचारु भएको टेलिकमकि प्रवक्ता प्रतिभा वैद्यले जनकारी दिइन।
तर टेलिकमका नयाँ कार्यकारी प्रमुखको नियुक्ति प्रकृया अगाडि बढिरहेका बेला टेलिकमका उच्च प्राविधिक अधिकारीहरुले ले नै टेलकमको सिस्टम विगारेको अारोप लगाएका छन्। टेलिकम भित्रका उच्च प्राविधिक कर्मचारिहरु नै कार्यकारी प्रमुखको होडमा अगाडि रहेका कारण हालका प्रमुख कार्यकारीलाई अप्ठेरोमा पार्नका लागि जानिजानि प्राविधिक त्रुटि गरेको टेलिकम उच्च स्रोतले विकासन्युजलाई जानकारी दिएको छ।
टेलिकमका प्रयोगकर्ताले शनिवारदेखि रिचार्जमा समस्या भएको गुनासो गरेका थिए। हाल भएको रिचार्ज गर्ने सिस्टम पुरानो भएको र ढिला रिचार्ज हुने गरेका कारण सफ्टवेयर थप गरी क्षमता विस्तार गर्न लागेको बैद्यले जानकारी दिइन।
मोवाइल ग्राहकको रिचार्ज क्षमता विस्तार गर्नका लागि भौचर मेनेज्मेन्ट सफ्टवेयर अपग्रेड गर्न लागिएको र दुइपटक सम्मको प्रयास असफल भएपछि समस्या सृजना भउको उनले बताए। नयाँ सफ्टवेयरले काम नगरे पुरानै सफ्टवेयरमा फर्काएर ग्राहकलाई सेवा दिएको बैद्यले बताइन।