काठमाडौं, २३ साउन । पोखरा फाइनान्सले १३ दशमलब ५० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । साथै, फाइनान्सले कर प्रयोजनको लागि शुन्य दशमलब ७१ प्रतिशत नगद लाभांश दिने भएको छ ।
उक्त निर्णय साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । समितिको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले परित गरेपछि मात्र सेयरधनीले सो लाभांश पाउने छन् ।