जनता बैंकको नाफा ११६ प्रतिशतले वृद्धि

<p>काठमाडौं, २३ । जनता बैंकको नाफा ११६ प्रतिशतले बढेको छ । बैंकले २०७३ असार मसान्तसम्ममा आफ्नो नाफा १७ करोड ५० लाखले बढाएर ३२ करोड ५३ लाख पुर्याएको हो । २०७२ असार मसान्तसम्ममा बैंकले जम्मा १५ करोड ३ लाख नाफा कमाउन सफल भएको थियो । एक दशमलब १५ प्रतिशत खराब कर्जा रहेको बैंकले ५ करोड ५४ [&hellip;]</p>

janata-bankकाठमाडौं, २३ । जनता बैंकको नाफा ११६ प्रतिशतले बढेको छ । बैंकले २०७३ असार मसान्तसम्ममा आफ्नो नाफा १७ करोड ५० लाखले बढाएर ३२ करोड ५३ लाख पुर्याएको हो । २०७२ असार मसान्तसम्ममा बैंकले जम्मा १५ करोड ३ लाख नाफा कमाउन सफल भएको थियो ।

एक दशमलब १५ प्रतिशत खराब कर्जा रहेको बैंकले ५ करोड ५४ लाख रुपैंयाँ राइट ब्याकबाट प्राप्त गरेको छ । ४५ करोड ७६ लाख रुपैंयाँ सञ्चालन मुनाफा आर्जन गरेको बैंकले एक अर्ब ७८ करोड ब्याज आम्दानी गरेर एक अर्ब ३ करोड ब्याज खर्च गरेको छ । बैंकको प्रति सेयर आम्दानी १५ रुपैंयाँ ७९ पैसा छ भने प्रति सेयर नेटवर्थ १३० रुपैंयाँ २४ पैसा रहेको छ ।

Share News