नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंक एक्वाएर गर्ने

<p>काठामाडौं, २२ साउन । नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंक एक्वाएर (खरिद) गर्ने भएको छ। यस सम्बन्धी सम्झौतामा इन्भेष्टमेन्ट बैंक अध्यक्ष पृथ्वीबहादुर पाण्डे र एस डेभलपमेन्ट बैंक अध्यक्ष योगेन्द्र शाक्यले शुक्रबार हस्ताक्षर गरेका छन्। बैंकले गत आर्थिक बर्षको साधारणसभा छुट्टा छुट्टै गरि सेयरधनीहरुलाई लाभांश खुवाएपछि मात्र एकिकृत कारोबार गर्ने भएका छन्। सहमति अनुसार एसको प्रतिसेयर [&hellip;]</p>

काठामाडौं, २२ साउन । नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंक एक्वाएर (खरिद) गर्ने भएको छ। यस सम्बन्धी सम्झौतामा इन्भेष्टमेन्ट बैंक अध्यक्ष पृथ्वीबहादुर पाण्डे र एस डेभलपमेन्ट बैंक अध्यक्ष योगेन्द्र शाक्यले शुक्रबार हस्ताक्षर गरेका छन्। बैंकले गत आर्थिक बर्षको साधारणसभा छुट्टा छुट्टै गरि सेयरधनीहरुलाई लाभांश खुवाएपछि मात्र एकिकृत कारोबार गर्ने भएका छन्।
Nibl_ace
सहमति अनुसार एसको प्रतिसेयर मूल्य करिव ४२ रुपैयाँ रहनेछ। सम्पत्ति दायित्व मूल्याङ्कन (डिडिए) पश्चात यसको अन्तिम निर्क्यौल हुने बैंकले जनाएको छ।  हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी सात अर्ब २५ करोड रुपैयाँ छ भने एसको एक अर्ब रुपैयाँ रहेको छ।

एसले काठमाडौँ उपत्यका भित्र छ र बाहिर सात गरि १३ शाखा मार्फत सेवा दिँदै आएको छ।केहि बर्ष अघि एसले बाणिज्य बैंकमा स्तरोन्नतीको लक्ष सहित पुँजीबृद्धि सुरु गरेको थियो। तर त्यो प्रयास सफल नभएपछि मर्जररएक्विजिसनको पहल थालेको थियो।

Share News