धितोपत्र बोर्डले पुँजीबजार संकूचित बनाउने काम गर्यो– नेपाल इन्भेष्टर्स फोरम

<p>काठमाडौं, २२ साउन । नेपाल इन्भेष्टर्स फोरमले सेयर बजारलाई संकुचित बनाउन नेपाल धितोपत्र बोर्डले अनुचित काम गरेको भन्दै आपत्ति जनाएको छ । नियमनकारी निकाय तथा जिम्मेवार पदाधिकारीबाट गैर जिम्मेवार अभिव्यक्ति दिने, लेख पत्रिका तथा अनलाईनमा छपाउने र बजारलाई अनुचित तवरबाट प्रभाव पार्ने, बजारलाई संकुचित पार्न कानुन विपरित अनेक अस्त्रहरु प्रयोग गर्ने कार्य भएको भन्दै फोरमले [&hellip;]</p>

काठमाडौं, २२ साउन । नेपाल इन्भेष्टर्स फोरमले सेयर बजारलाई संकुचित बनाउन नेपाल धितोपत्र बोर्डले अनुचित काम गरेको भन्दै आपत्ति जनाएको छ । नियमनकारी निकाय तथा जिम्मेवार पदाधिकारीबाट गैर जिम्मेवार अभिव्यक्ति दिने, लेख पत्रिका तथा अनलाईनमा छपाउने र बजारलाई अनुचित तवरबाट प्रभाव पार्ने, बजारलाई संकुचित पार्न कानुन विपरित अनेक अस्त्रहरु प्रयोग गर्ने कार्य भएको भन्दै फोरमले खेद व्यक्त गरेको छ ।

धितोपत्र बोर्ड, बजार सञ्चालक तथा नियामक निकायले आफ्नो क्षेत्राधिकार भित्र रहेर बजारलाई पूर्ण स्वाचालित रुपमा सञ्चालन गर्ने वातावरण निर्माण गर्न फोरमले माग गरेको छ ।

सेयर बजारका लगानीकर्ताले एकाण्ट पेयी चेकको माध्यमबाट कारोबार गर्ने भएकोले सेयर बजारको लगानी अरु क्षेत्रको तुलनामा पारदर्शी रहेको फोरमको भनाई छ ।

लगानीकर्तालाई साना र ठूलो भनेर वर्गिकरण गर्नु अबैज्ञानिक भएको भन्दै फोरमले बजारलाई आधुनिक बनाउने र कारोबार सरल र सहज बनाउने तर्फ जिम्मेवार निकायले पहल गर्ने माग गरेको छ । nepal investmet fourum

Share News