बजार ओरालो लाग्ने क्रम जारी, परिसूचक १७६८ बिन्दुमा, १५० करोडको कारोबार

<p>काठमाडौं, २० साउन । यो साता भरि सेयर बजार निरन्तर ओरालो लागेको छ । सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार, बजारमा नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । परिसूचक ४५ दशमलब १२ अंकले ओरालो लागेर १७६८ अंकमा पुगेको छ । सो दिन एक अर्ब ५० करोड रुपैयाँको सेयर कारोबार भएको छ । सोही [&hellip;]</p>

काठमाडौं, २० साउन । यो साता भरि सेयर बजार निरन्तर ओरालो लागेको छ । सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार, बजारमा नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । परिसूचक ४५ दशमलब १२ अंकले ओरालो लागेर १७६८ अंकमा पुगेको छ । सो दिन एक अर्ब ५० करोड रुपैयाँको सेयर कारोबार भएको छ । सोही दिन १४२ कम्पनीको २७ लाख ५१ हजार कित्ता सेयर किनबेच भएको हो ।

Screenshot-2016-08-04-14.59

बजारमा सबै समूहको परिसूचक आरालो लागेको छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २९९ अंकले ओरालो लागेको छ । होटल समूहको परिसूचक १०२ अंकले ओरालो लागेको छ । त्यस्तै हाइड्रोपावर, विकास बैंक, उत्पादनमूलक र बैंकिङ् समूहको परिसूचक क्रमशः ५८, ५२, ५१ र ४० अंकले घटेका छन् । त्यसैगरि फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः १७ र १२ अंकले तल झरेको छ ।

सिद्धार्थ बैंकको सबैभन्दा बढी ११ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल बङ्गलादेश बैंक र नेपाल बैंकको ९ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै एभरेष्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र एनएमबी बैंकको करिब ६ करोड भन्दा कम रुपैयाँको सेयर कारोबार भएको छ ।

बजारमा जम्मा ५ कम्पनीको सेयर मूल्य बढेको छ । सबैभन्दा बढी कन्काइ विकास बैंकको करिब ५ प्रतिशतले बढेको छ । त्यस्तै सिनर्जी फाइनान्स, रिलायवल माइक्रोफाइनान्स वित्तिय संस्था, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १, कञ्चन डेभलपमेन्ट बैंक, किसान माइक्रोफाइनान्स वित्तिय संस्था र लुम्विनी फाइनान्सको सामान्य प्रतिशतले सेयर मूल्य बढेको छ ।

सबैभन्दा बढी सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले करिब ८ प्रतिशत गुमाएका छन् । आरिएन्टल होटल र देब विकास बैंकको करिब ७ प्रतिशतले सेयर मूल्यमा गिरावट आएको छ । त्यस्तै प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, पोखरा फाइनान्स, अरुन भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र काष्टमान्डप डेभलपमेन्ट बैंको करिब ६ प्रतिशतले सेयर मूल्य घटेको छ ।

Share News