मिडियालाई उत्तरदायी र जवाफदेही बन्न मानवअधिकारको आग्रह

<p>काठमाडौं, २० साउन । प्रेस काउन्सिल नेपाल र महिला मानवअधिकार रक्षकहरुको सञ्जालद्वारा बुधबार राजधानीमा आयोजित अन्तरक्रियामा महिला अधिकारकर्मीहरुले अझैंपनि महिलाहरु विभिन्न प्रकारका हिंशावाट प्रताडित हुनु परिरहेको र केही मिडियाले महिलाको व्यक्तिगत जीवनलाई लिएर हिंशालाई प्रोत्साहन गरिरहेको धारणा राखे । सो अवसरमा प्रेस काउन्सिलका अध्यक्ष बोर्णवहादुर कार्कीले महिलाको विषयमा मिडिया संवेदनशील हुनुपर्ने बताउँदै पत्रकारितामा महिलालाई स्थापित [&hellip;]</p>

काठमाडौं, २० साउन । प्रेस काउन्सिल नेपाल र महिला मानवअधिकार रक्षकहरुको सञ्जालद्वारा बुधबार राजधानीमा आयोजित अन्तरक्रियामा महिला अधिकारकर्मीहरुले अझैंपनि महिलाहरु विभिन्न प्रकारका हिंशावाट प्रताडित हुनु परिरहेको र केही मिडियाले महिलाको व्यक्तिगत जीवनलाई लिएर हिंशालाई प्रोत्साहन गरिरहेको धारणा राखे ।
press-council
सो अवसरमा प्रेस काउन्सिलका अध्यक्ष बोर्णवहादुर कार्कीले महिलाको विषयमा मिडिया संवेदनशील हुनुपर्ने बताउँदै पत्रकारितामा महिलालाई स्थापित गराई जिम्मेवारी प्रदान गर्न सकेमात्र महिलामाथिको हिंशा कम भई शक्तिकरणमा टेवा पुग्ने धारणा राख्नुभयो । मिडियालाई व्यवस्थित, मर्यादित, उत्तरदायी, जवाफदेही बनाउनेतर्फ काउन्सिलको भूमिकालाई थप प्रभावकारी गरिने बताए ।

कार्यक्रममा महिला मानवअधिकारकर्मी डा. रेणु अधिकारी, डा.मीना आचार्य, डा. बिमला राई पौड्याल, सुनिता दनुवार, विमला तामाङ्, बिना वुधाचार्य, पवित्रा सुवेदी, सिर्जना पुन, भाविशा कोईराला, जया लुईटेल, शर्मिला कार्की, शान्तालक्ष्मी श्रेष्ठ, कल्याणी शाह, सविता पोखरेल लगायतले लोकतन्त्र÷गणतन्त्र आएर महिला नै राज्यको महत्वपूर्ण निकायमा नेतृत्व गरेपनि महिलामाथि हुने हिंशामा कमी नआएको, महिलालाई बस्तुको प्रचारको साधन बनाईएको, महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको, महिलाका व्यक्तिगत विषयलाई समाचार बनाई केही मिडियाले मानवअधिकारको हनन् गरेको भन्दै दण्डहीनताको अन्त्यका लागि आग्रह गरेका छन् ।

Share News