काठमाडौं, १९ साउन । नेपाल धितोपत्र बोर्डले कार्यालय सार्ने भएको छ । धितोपत्र बोर्डले रामशाहपथ, थापाथली, बवरमहल, कालिकास्थान, डिल्लीबजार, बालुवाटार, गौशाला र बानेश्वर आसपास क्षेत्रमा कार्यालय प्रयोजनका लागि घर खोजी सुरु गरेको हो ।
२० वटा चार पांग्रे सवारी साधन, ४० वटा मोटरसाइकल पार्किङ क्षमता भएको २८ देखि ३० वटा कोठा भएको घर भाडामा लिन लागेको हो । बोर्डले आगामी १५ दिनभित्र सम्बन्धीत घरधनी वा फर्मलाई सम्पर्क गर्न पनि आग्रह गरेको छ । कति भाडा लिने हो भन्ने समेत खुलाउन पनि बोर्डले आग्रह गरेको छ ।