काठमाडौं, १८ साउन । नेपाल धितोपत्र बोर्डले इन्टरनेशनल अर्गनाइजेशन अफ सेक्युरिटिज कमिसन(आइओएससिओ)को सदस्यता प्राप्त गरेको छ । सन २०१६ को जुलाईदेखि लागु हुनेगरि आइओएससिओको सदस्यता प्राप्त गरेको हो ।
आइओएससिआले धितोपत्र बजारको अन्तराष्ट्रिय नियम तथा मापदण्ड निर्माण गर्दछ । यसमा १२५ देशका धितोपत्र बजार नियामक निकायहरु सदस्य रहेका छन् । आइओएससिओको सदस्यता प्राप्त भएसँगै नेपालको धितोपत्र बजारलाई पनि अन्तराष्ट्रियको बनाउन सहयोग पुग्ने बोर्डले जनाएको छ ।
बोर्डले सन २०१६ को जुनमा एसोसियसन अफ नेशनल नम्बरिङ एजेन्सिज(अन्ना)को सदस्यता प्राप्त गरेको थियो ।