रिलायबल बैंकले ल्यायो नयाँ योजना, सय दिने मुद्दतीमा ७ प्रतिशत ब्याज

<p>काठमाडौं, १८ साउन । रिलायबल डेभलपमेन्ट बैंकले सय दिने मुद्दतीमा ७ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने नयाँ योजना ल्याएको छ । सय दिन पुरा भए पश्चात साँवा र ब्याज स्वत बचत खातामा जम्मा हुने र सो बचत खातामा ५ प्रतिशतसम्म वार्षिक ब्याजदर प्राप्त गर्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार सय दिनको अवधि समाप्त [&hellip;]</p>

काठमाडौं, १८ साउन । रिलायबल डेभलपमेन्ट बैंकले सय दिने मुद्दतीमा ७ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने नयाँ योजना ल्याएको छ । सय दिन पुरा भए पश्चात साँवा र ब्याज स्वत बचत खातामा जम्मा हुने र सो बचत खातामा ५ प्रतिशतसम्म वार्षिक ब्याजदर प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
relaible_dev_mudhati

बैंकका अनुसार सय दिनको अवधि समाप्त भएर बचत खातामा रकम आए पश्चात एससीटि नेटवर्क अन्तर्गतका देशभरि रहेका ११ सयभन्दा बढी एटिएमहरुबाट निशुल्क रकम झिक्न सकिने छ । उक्त सेवा बैंकको सबै १७ शाखाहरुबाट उपलब्ध हुने छ ।

Share News