काठमाडौं, १७ साउन । लक्ष्मी क्यापिटल मार्केटले लक्ष्मी भ्यालु फण्ड १ मा लगानी गर्ने लगानीकर्तालाई २५ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त निर्णय आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।
लक्ष्मी क्यापिटलले जारी गरेको ५ करोड कित्ता लक्ष्मी भ्यालु फण्ड १ नेप्सेमा सूचिकृत छ । प्रतिकित्ता १० रुपैयाँ अंकित लक्ष्मी भ्यालु फण्ड हाल प्रतिकित्ता १६ रुपैयाँमा कारोबार हुँदै आएको छ ।