यति डेभलपमेन्ट बैंकको नाफा १६० प्रतिशतले वृद्धि, राईटव्याक मात्र ४२ करोड

<p>कठमाडौं, १४ साउन । यति डेभलपमेन्ट बैंकको नाफा १६० दशमलब ७ प्रतिशतले बढेको छ । बैंकले आर्थिक वर्ष २०७२/७३ मा ३६ करोड २९ लाख रुपैयाँ नाफा कमाएको हो । बैंकले अघिल्लो आर्थिक वर्षमा जम्मा १३ करोड ९२ लाख रुपैंयाँ मात्रै नाफा कमाएको थियो । बैंकले सञ्चालन नाफा ९ करोड १८ लाख रुपैयाँ मात्र गरेपनि ४२ [&hellip;]</p>

yeti_dev_bankकठमाडौं, १४ साउन । यति डेभलपमेन्ट बैंकको नाफा १६० दशमलब ७ प्रतिशतले बढेको छ । बैंकले आर्थिक वर्ष २०७२/७३ मा ३६ करोड २९ लाख रुपैयाँ नाफा कमाएको हो । बैंकले अघिल्लो आर्थिक वर्षमा जम्मा १३ करोड ९२ लाख रुपैंयाँ मात्रै नाफा कमाएको थियो ।

बैंकले सञ्चालन नाफा ९ करोड १८ लाख रुपैयाँ मात्र गरेपनि ४२ करोड ३६ लाख रुपैयाँ राईटव्याकबाट आर्जन भएकोले नाफा वृद्धि भएको हो । २०७२ मसान्तमा बैंकको खराब कर्जा ७ दशमलब ९१ प्रतिशत रहेकोमा २०७३ मसान्तमा ४ दशमलब १७ प्रतिशतमा झरेको छ ।

अघिल्लो आर्थिक वर्षको संचित ३३ करोड ९६ लाख रुपैयाँ संचित नोक्सानीमा रहेको यो बैंकले हाल ४ करोड ९० लाख संचित कोषमा बचत गरेको छ । बैंकको चुक्ता पुँजी एक अर्ब ३८ करोड रुपैयाँ छ । असार मसान्तसम्ममा बैंकले १० अर्ब ८६ करोड निक्षेप संकलन गरेर ८ अर्ब ७६ करोड कर्जा तथा सापटी गरेको छ ।
yeti

बैंकको वित्तीय अवस्थामा सुधार आएसँगै सेयर मूल्यमा वृद्धि भएको छ । गत आवमा बैंकको सेयर मूल्य १३२ रुपैंयाँबाट बढेर ४०८ रुपैंयाँसम्म पुगेको छ । यति डेभलपमेन्ट बैंकको प्रति सेयर आम्दानी २६ रुपैंयाँ १८ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ एक सय रुपैंयाँ ५४ पैसा रहेको छ ।

Share News