काठमाडौं, १३ साउन । सरकारले भोली (साउन १४ गते) शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । सो दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा भएकोले सरकारले सार्वजनिक विदा दिएको हो ।

भोली उपत्यकामा रहेका सरकारी कार्यालय, स्कुल, कलेज, बैंक तथा वित्तिय संस्थाहरु विदा हुनेछन् ।