किन्न पाईदैन कैलाश विकास बैंकको सेयर, बोनस र हकप्रद गरी ४५% सेयर आउने !

<p>काठमाडौं, १३ साउन । कैलाश विकास बैंकमा मट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्स्प्रेस फाइनान्स गभिएपछि साउन २ गतेदेखि बैंकको सेयर कारोबार खुला भएको हो । कारोबार खुलेको दुई हप्तासम्म पनि कैशाल विकास बैंकको सेयर कारोबार सहज भएको छैन । उक्त विकास बैंकको सेयर किन्न चाहानेको चाप अधिक छ र तर बिक्रेता छैनन् । मर्ज हुनुपूर्व [&hellip;]</p>

काठमाडौं, १३ साउन । कैलाश विकास बैंकमा मट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्स्प्रेस फाइनान्स गभिएपछि साउन २ गतेदेखि बैंकको सेयर कारोबार खुला भएको हो । कारोबार खुलेको दुई हप्तासम्म पनि कैशाल विकास बैंकको सेयर कारोबार सहज भएको छैन ।

उक्त विकास बैंकको सेयर किन्न चाहानेको चाप अधिक छ र तर बिक्रेता छैनन् ।
kailash_bikash (2)
मर्ज हुनुपूर्व कारोबार बन्द हुँदा प्रतिकित्ता ३३० रुपैयाँमा सेयर कारोबार भएको थियो । विहीबार यस बैंकको सेयर प्रतिकित्ता ७६६ रुपैयाँमा किन्न लगानीकर्ता तयार भए तर बिक्रेता देखिएन ।
kailash_bikash (2)
उक्त बैंकले २० प्रतिशत हकप्रद सेयर निश्काशन गर्ने निर्णय गरिसकेको छ । कम्तिमा २५ देखि २७ प्रतिशत बोनस सेयर वितरण हुन सक्ने अनुमान लगानीकर्ताको छ ।

बैंक स्रोतका अनुसार गत आर्थिक वर्षका बैंकको नाफा ४० करोड रुपैयाँ भन्दा बढी छ । मर्जमा स्वाप रेसियो मिलाउँदा लगानीकर्तालाई वितरण गर्न मिल्ने पुँजी कोषमा जम्मा भएको छ ।

बजार अहिले अवस्थामा रहने हो भने भने प्रतिकित्ता ९०० रुपैयाँ भन्दा माथि पुग्न सक्ने लगानीकर्ताहरुको अनुमान छ ।

Share News