१६ लाख कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत, एक्सेलको बोनस सूचिकृत

<p>काठमाडौं, १२ साउन । बुधबार मात्र करिब १६ लाख ३८ हजार २४५ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । त्रिभेणी विकास बैंकको १३ लाख ७३ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब त्रिभेणी विकास बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको नेप्सेले जनाएको छ । [&hellip;]</p>

काठमाडौं, १२ साउन । बुधबार मात्र करिब १६ लाख ३८ हजार २४५ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । त्रिभेणी विकास बैंकको १३ लाख ७३ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब त्रिभेणी विकास बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको नेप्सेले जनाएको छ ।

त्यस्तै, हामा मर्चेन्ट एण्ड फाइनान्सको २ लाख ६५ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । यस फाइनान्सको पनि प्रवद्र्धक सेयर ५१ प्रतिशत र साधारण सेयर ४९ प्रतिशत भएको नेप्सेले जनाएको छ ।

सोही दिन एक्सेल डेभलपमेन्ट बैंकको ५ लाख २६ हजार ५०० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ ।

Share News