काठमाडौं, ११ साउन । प्रभु बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा स्थापना गरेको छ । नेपाल र चिनबिचको नयाँ व्यापारिक नाकाका रुपमा अघि सारिएको रसुवागढी नाकालाई मध्यनजर गर्दै शाखा खोलिएको बैंकले जनाएको छ । सो शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले उद्घाटन गरेका थिए ।

गत वर्षको भुकम्पका कारण अतिप्रभावित जिल्ला रसुवामा बैंकको शाखा विस्तार भएकापछि सो क्षेत्रमा आर्थिक गतिबिधी बढाउन समेत सहयोग पुग्ने, पिडीतहरुलाई सरकारी तथा गैरसरकारी निकायबाट उपलब्ध हुने राहत रकम बैंक मार्फत भुक्तानी गर्न सहज हुनेछ ।
रसुवा जिल्लाको स्याफ्रुवेशी चिनसँग जोडिएको प्रमुख व्यापारिक नाका हो । बैंकको शाखा कार्यालय स्थापना भएपछि व्यापारिक प्रयोजनका लागि सहज हुनुका साथै बैंकको शाखा कार्यालयबाट उपलब्ध हुने बैंकिङ्ग कारोबारले सो क्षेत्रमा व्यापारिक गतिविधि समेत बढाउने बैंकले जनाएको छ ।