त्रिकोण एडभर्टाईजिङ्ग आफ्नै भवनमा

<p>काठमाडौं, १० साउन । त्रिकोण एडभर्टाइजिङ्ग सर्भिस आफ्नै नवनिर्मित भवनमा सरेको छ । यस अघि सानो गौचरणस्थित चार्टर टावरमा सञ्चालन कम्पनी अब बालुवाटार(सुवर्ण समशेर मार्ग) मा आफ्नै भवनमा सरेको हो । त्रिकोण एडभर्टाइजिङ्ग सर्भिस विगत तीन दशकदेखि विज्ञापन व्यवसाय सञ्चालन गर्दै आएको पुरानो एजेन्सीहरु मध्येको एक हो । देशका सरकारी निकाय, प्रमुख व्यापारिक तथा औद्योगिक [&hellip;]</p>

काठमाडौं, १० साउन । त्रिकोण एडभर्टाइजिङ्ग सर्भिस आफ्नै नवनिर्मित भवनमा सरेको छ । यस अघि सानो गौचरणस्थित चार्टर टावरमा सञ्चालन कम्पनी अब बालुवाटार(सुवर्ण समशेर मार्ग) मा आफ्नै भवनमा सरेको हो ।
त्रिकोण एडभर्टाइजिङ्ग सर्भिस विगत तीन दशकदेखि विज्ञापन व्यवसाय सञ्चालन गर्दै आएको पुरानो एजेन्सीहरु मध्येको एक हो ।
tricon_advertisement
देशका सरकारी निकाय, प्रमुख व्यापारिक तथा औद्योगिक समूहहरु, बैंक तथा वित्तीय संस्थाहरु तथा गैरसरकारी संस्थाहरुलाई विज्ञापन सेवा उपलव्ध गराई आएको एजेन्सीले हालका वर्षहरुमा विदेशी कम्पनीहरुलाई पनि सेवा दिँदै आएको छ ।

कम्पनीका प्रवन्ध निर्देशक राजेन्द्र अर्यालले एजेन्सीले आफ्नो सेवा सुबिधालाई नयाँ ढंगले अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

Share News