काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा एक सयभन्दा बढीको मृत्यु

<p>काठमाडौं, ९ साउन । गत आव २०७२/०७३ मा काठमाडौं उपत्यकामा दुर्घटनामा परी १६६ जनाले ज्यान गुमाएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा अनुसार प्रत्येक वर्ष हजारौँको सङ्ख्यामा हुने दुर्घटनामा औसत १५० जनाले अकालमै ज्यान गुमाउने गरेका छन् । दुर्घटनामा ज्यान गुमाउनेमध्ये ४० प्रतिशत पैदलयात्रु हुने गरेको महाशाखाले जनाएको छ । महाशाखाका सहप्रवक्ता राजेन्द्र भट्टले सवारी नियम [&hellip;]</p>

काठमाडौं, ९ साउन । गत आव २०७२/०७३ मा काठमाडौं उपत्यकामा दुर्घटनामा परी १६६ जनाले ज्यान गुमाएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा अनुसार प्रत्येक वर्ष हजारौँको सङ्ख्यामा हुने दुर्घटनामा औसत १५० जनाले अकालमै ज्यान गुमाउने गरेका छन् । दुर्घटनामा ज्यान गुमाउनेमध्ये ४० प्रतिशत पैदलयात्रु हुने गरेको महाशाखाले जनाएको छ ।

महाशाखाका सहप्रवक्ता राजेन्द्र भट्टले सवारी नियम विपरीत सवारी चलाउने प्रवृत्तिका कारण अधिकांश दुर्घटना हुने गरेको जानकारी दिए । उनले भने, ‘पर्याप्त सडक संरचनाको अभावले सडकमा हिँड्ने अनुकूल वातावरण नहुनु र भएका संरचना पनि उचित प्रयोग नहुँदा दुर्घटना हुने गरेको छ ।’

उनी पैदलयात्रुले सडक तथा सडक पेटीमा पैदल हिँड्दा र सडक पार गर्दा सावधानी नअपनाउने र सवारी चालकले पनि पैदलयात्रुलाई सडकमा प्राथमिकता नदिने गरेका कारण सवारी दुर्घटना बढी भएको बताउछन् । महाशाखाले सवारी दुर्घटनालाई कम गर्नाका साथै पैदलयात्रु सुरक्षा कार्यक्रमका लागि आइतबारदेखि पैदलयात्रु सुरक्षा अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।

यस्तै सार्वजनिक सवारी साधनमा यात्रा गर्दा तोकिएको भन्दा बढी भाडा लिने, नियमानुसार पाउने छुट नदिने, अनावश्यक हैरानी एवम् दुव्र्यवहार गर्ने, ट्याक्सी भाडामा जान नमान्ने गरेमा महाशाखामा उजुरी पठाउन सकिने व्यवस्था गरिएको छ । महाशाखाको मोबाइल नं ९८५१२९५१०० मा एसएमएस पठाएमा कारबाही गरिने जनाएको छ । रासस

Share News