काठमाडौं, ७ साउन । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ३० हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ । बैंकले जारी गर्ने हकप्रद शेयरको निष्काशन तथा विक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।
आ.व. २०७२/७३ को चैत्र मसान्त सम्म यस बैंकले कुल निक्षेप रु.२६.०१ अर्व र कर्जा रकम रु. २२.८३ अर्व परिचालन गरी रु. ३४.५० करोड सञ्चालन मुनाफा र रु. २३.२४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, ९ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।