काठमाडौं, ६ साउन । गैर आवासिय नेपाली संघ(एनआरएन) र नेपाली सेनाले विपद व्यवस्थापनमा सहकार्य गर्ने भएका छन् । भूकम्प, बाढिपहिरो लगायतका ठूला विपदसंग जुध्ने क्षमता अभिबृद्धि गर्ने तथा राहत सामाग्रीको प्रभावकारी भण्डारण र बितरणका लागि दुवै संस्थाले मिलेर काम गर्ने सम्झौता भएको हो
समझदारीपत्रमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले र नेपाली सेनाका व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापाले हस्ताक्षर गरेका हुन् । बुधबार काठमाण्डौमा हस्ताक्षर भयो । सो कार्यक्रममा प्रधान सेनापति राजेन्द्र क्षेत्री र एनआरएनएका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोको समेत उपस्थिति थियो ।
समझदारीपत्र अनुसार नेपाली सेना र गैरआवासीय नेपाली संघवीच उद्धार र राहतका लागि तालिम प्रदान गर्ने, उद्धारका लागि आबश्यक सामाग्रीहरु आदानप्रदान गर्ने तथा औषधि, लत्ताकपडा र खाद्यन्न जस्ता अत्यावश्यक मानवीय सामाग्री आदान प्रदान गरिनेछ ।