‘प्रहरी मेरो साथी’ अभियानअन्तर्गत घरघरमा स्टिकर टाँस्दै

<p>सप्तरी, ५ साउन । ‘प्रहरी मेरो साथी’ अभियानअन्तर्गत यहाँ आइतबारदेखि प्रहरीले फोन नम्बर अङ्कित स्टिकर टाँस कार्यक्रमलाई निरन्तरता दिएको छ । जिल्लाको पाँच नगरपालिका र ९१ वटा गाविसमा कुल एक लाख २१ हजार घरको मूल ढोकामा प्र्रहरी आफैँ गएर सो स्टिकर टाँस्ने अभियान सञ्चालन गरेको प्रहरीले जनाएको छ । नागरिकलाई असुरक्षा महसुस हुने गतिविधिप्रति सजग, सचेत [&hellip;]</p>

सप्तरी, ५ साउन । ‘प्रहरी मेरो साथी’ अभियानअन्तर्गत यहाँ आइतबारदेखि प्रहरीले फोन नम्बर अङ्कित स्टिकर टाँस कार्यक्रमलाई निरन्तरता दिएको छ । जिल्लाको पाँच नगरपालिका र ९१ वटा गाविसमा कुल एक लाख २१ हजार घरको मूल ढोकामा प्र्रहरी आफैँ गएर सो स्टिकर टाँस्ने अभियान सञ्चालन गरेको प्रहरीले जनाएको छ ।

नागरिकलाई असुरक्षा महसुस हुने गतिविधिप्रति सजग, सचेत र सतर्क गराउने, अपराधिक घटना कम गर्ने उद्देश्यले प्रहरीको पहुँच छिटो र प्रभावकारी बनाउन एवम् प्रहरी र नागरिकबीचको सम्बन्ध प्रगाढ बनाउने तथा नागरिकमा शान्ति सुरक्षाको थप अनुभूति दिलाउन यो अभियान सञ्चालन गरिएको सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

सो अभियानअन्तर्गत प्रहरीले जिल्लाको प्रत्येक घरका परिवारसँग भेटघाट गर्ने, नागरिकसँग सुमधुर सम्बन्ध स्थापित गर्न प्रयास गर्ने, नागरिक सूचनाका आधारमा फरार अपराधी अभियुक्तलाई पक्राउ गर्नेलगायतका कार्यलाई निरन्तरता दिने प्रहरी उपरीक्षक ढकालले बताए । गतवर्ष मधेस आन्दोलनको समयमा सप्तरीमा प्रहरी र नागरिकबीचको सम्बन्ध चिसिदै गएको बेला यस अभियानलाई निरन्तरता दिएको प्रहरीको भनाइ छ । रासस

Share News