ब्रोकर कमिसन करिब ४० प्रतिशतले घट्यो, (धितोपत्र बोर्डको निर्देशन पत्रसहित)

<p>काठमाडौं, ५ साउन । अर्थमन्त्रालयले सेयर ब्रोकर कम्पनीहरुको कमिसन करिब ४० प्रतिशतले घटाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिएको छ । मन्त्रालयको स्वीकृति पाएपछि बोर्डले आजै निर्णय गरेर सेयर कारोबारमा लाग्दै आएको ब्रोकर कमिशन  घटाएको छ । । अब ५० हजार रुपैयाँसम्मको सेयर कारोबारमा शुन्य दशमलब ६ प्रतिशत मात्रै ब्रोकर कमिसन लाग्नेछ । यसअघि ५० हजारसम्मको कारोबारमा [&hellip;]</p>

काठमाडौं, ५ साउन । अर्थमन्त्रालयले सेयर ब्रोकर कम्पनीहरुको कमिसन करिब ४० प्रतिशतले घटाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिएको छ । मन्त्रालयको स्वीकृति पाएपछि बोर्डले आजै निर्णय गरेर सेयर कारोबारमा लाग्दै आएको ब्रोकर कमिशन  घटाएको छ । ।

broker_commitionअब ५० हजार रुपैयाँसम्मको सेयर कारोबारमा शुन्य दशमलब ६ प्रतिशत मात्रै ब्रोकर कमिसन लाग्नेछ । यसअघि ५० हजारसम्मको कारोबारमा एक प्रतिशत कमिसन लाग्दै आएको थियो । त्यस्तै, ५० हजारदेखि ५ लाखसम्मको सेयर कारोबारमा शुन्य दशमलब ५५ प्रतिशत ब्रोकर कमिसन लाग्नेछ । यस अघि सो मात्राको कारोबारमा शुन्य दशमलब ९ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको थियो ।

त्यस्तै ५ लाखदेखि २० लाखसम्मको कारोबारमा लाग्दै आएको शुन्य दशमलब ८ प्रतिशत कमिसनलाई पनि शुन्य दशमलब ५० प्रतिशतमा झारिएको छ । २० लाखदेखि एक करोडसम्मको कारोबारमा लाग्दै आएको शुन्य दशमलब ७ प्रतिशत कमिसन पनि घटाएर शुन्य दशमलब ४५ प्रतिशत कायम गरिएको छ । एक करोड भन्दा बढिको कारोबारमा भने जम्मा शुन्य दशमलब ४ प्रतिशत मात्रै ब्रोकर कमिसन लाग्नेछ ।

धितोपत्र बोर्डको बोर्ड बैठकले बुधबारै निर्णय अनुमोदन गरेर नेपाल स्टक एक्सचेञ्च(नेप्से)लाई पत्राचार गरेको छ । घटाईएको ब्रोकर कमिसन बिहिबारदेखि नै लागु हुनेछ ।

Share News