सेयर बजारमा अबैध सम्पत्ति लगानी भएको शंका, बोर्डले बनायो छानविन समिति

<p>काठमाडौं, ३१ असार । सेयर बजारमा स्रोत नखुलेको र अबैध सम्पत्ति लगानी भएको शंका गर्दै धितोपत्र वोर्डले छानविन समिति नै बनाएको छ । सम्पत्ति शुद्धीकरण हुनवाट रोक्नलाई बोर्डले विहिवार एक छानविन समिति गठन गरेको हो । ‘हालको कारोबार संख्या र रकमको वृद्धिलाई हेर्दा धितोपत्र बजारमा समेत स्रोत नखुलेको रकम पनि प्रशस्त लगानी भएको आशंकालाई दृष्टिगत [&hellip;]</p>

काठमाडौं, ३१ असार । सेयर बजारमा स्रोत नखुलेको र अबैध सम्पत्ति लगानी भएको शंका गर्दै धितोपत्र वोर्डले छानविन समिति नै बनाएको छ । सम्पत्ति शुद्धीकरण हुनवाट रोक्नलाई बोर्डले विहिवार एक छानविन समिति गठन गरेको हो ।

‘हालको कारोबार संख्या र रकमको वृद्धिलाई हेर्दा धितोपत्र बजारमा समेत स्रोत नखुलेको रकम पनि प्रशस्त लगानी भएको आशंकालाई दृष्टिगत गरी सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा तथा धितोपत्र दलालले ग्राहकसँग गरेको कारोबार मोडालिटी सम्बन्धमा अध्ययनतथा छानविन गर्न समिति गठन गरिएको छ,’ बोर्ड विज्ञप्ति जारी गर्दै भनेको छ ।

यस्तो समिति बोर्डको सुपरिवेक्षण तथा अनुसन्धान विभागका प्रमुखकार्यकारी निर्देशकको संयोजकत्वमा गठन भएको हो । समितिमा बोर्डको कानुन तथा प्रबलीकरण महाशाखा, नियमन महाशाखा र सुपरिवेक्षण महाशाखाका निर्देशकहरु सदस्यको रुपमा रहने छन् । अध्ययन तथा छानविनलाई प्रभावकारी बनाउन उक्त समितिमा आवश्यक्ता अनुसार अर्थ मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धाग विभाग र अन्य विज्ञहरु समेतलाई आमन्त्रण गर्ने व्यवस्था गरिएको छ ।

समितिले एक महिना भित्र प्रतिवेदन पेश गर्ने व्यवस्था गरिएको छ । तत्पश्चात सो समितिले धितोपत्रको कारोबार, सम्पत्ति शुद्धीकरण तथा बोर्डमा प्राप्त हुने उजुरीको निरन्तर रुपमा सशक्त सुपरिवेक्षण तथा छानविन कार्य गरी बजारको स्वच्छता र पारदर्शीताका लागि निरन्तर रुपमा कार्य गर्ने व्यवस्था पनि गरिएको छ ।

धितो पत्रबजार विगत भन्दा व्यापक भई सर्वसाधारण लगानीकर्ता, सूचीकृत संगठित संस्था, धितोपत्र कारोबार, धितोपत्र व्यवसायीको संख्या बढ्न गएको तथा बजारको दायरा समेत फराकिलो भएको छ । यसैकारण बजारको सुपरिवेक्षण गर्ने कार्य थप चुनौतीपूर्ण हुदै गएको बोर्डले उल्लेख गरेको छ । पछिल्लो समयमा धितोपत्र बजारमा विभिन्न किसिमका उजुरी, समस्या तथा गुनासाहरु बोर्डमा प्राप्त हुने क्रममा तीव्रता आएको बताइएको छ । विगत केही समय देखि धितोपत्र दोस्रो बजारमा हुने कारोबारको संख्या तथा रकममा समेत बृद्धि भएको र हाल दैनिक रुपमा एक अर्ब भन्दा बढीको कारोबार भैरहेको छ ।

Share News