आर्थिक वृद्धि ९० प्रतिशत कम, मुद्रास्फिति १७ प्रतिशतले बढी

<p>काठमाडौं, ३० असार । आर्थिक वर्ष २०७२/७३ मा आर्थिक वृद्धि सरकारको लक्ष्यभन्दा ९० प्रतिशत कम भएको छ । तर मूल्यवृद्धि नियन्त्रण लक्ष्य सीमा भन्दा करिव १७ प्रतिशतले बढी भएको छ । आर्थिक वर्ष २०७२/७३ मा कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ०.६ प्रतिशत मात्र हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । यसअघि सरकारको आर्थिक सर्वेक्षणले ०.७७ प्रतिशत [&hellip;]</p>

Dr.-Chiranjibi-Nepal

गर्भनर नेपालका साथ राष्ट्र बैंक सञ्चालक रामहरि अर्याल

काठमाडौं, ३० असार । आर्थिक वर्ष २०७२/७३ मा आर्थिक वृद्धि सरकारको लक्ष्यभन्दा ९० प्रतिशत कम भएको छ । तर मूल्यवृद्धि नियन्त्रण लक्ष्य सीमा भन्दा करिव १७ प्रतिशतले बढी भएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ०.६ प्रतिशत मात्र हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । यसअघि सरकारको आर्थिक सर्वेक्षणले ०.७७ प्रतिशत आर्थिक वृद्धिदर रहने जनाएको थियो ।

‘आर्थिक वर्ष २०७२/७३मा कुल गार्हस्थ्य उत्पादन वृद्धिदर लक्षित ६ प्रतिशतभन्दा अत्यन्त न्यून ०.६ प्रतिशत रहने अनुमान छ’ मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले भने ।

उत्पादन मूल्यको आधारमा कृषि क्षेत्रको वृद्धिदर १.३ प्रतिशत र गैर–कृषि क्षेत्रको वृद्धिदर ०.६ प्रतिशत रहने अनुमान छ । आर्थिक वर्ष २०७१÷७२ मा कुल गार्हस्थ्य उत्पादन वृद्धिदर २.७ प्रतिशत रहेको थियो ।

तर आर्थिक वृद्धि लक्ष्यभन्दा लक्ष्यभन्दा ९० प्रतिशत कम हुँदा मुद्रास्फिति दर लक्ष्यभन्दा करिव १७ प्रतिशतले बढी भएको छ ।

‘आर्थिक वर्ष २०७२/७३ मा वार्षिक औसत मुद्रास्फीति दर ८.५ प्रतिशत रहने प्रक्षेपण थियो । सीमा नाका सृजित आपूर्ति व्यवधानका कारण चालु आर्थिक वर्षको एघार महिनामा औसत उपभोक्ता मुद्रास्फीति दर ९.९ प्रतिशत रहेको छ’ गभर्नर नेपालले भने ।

Share News