माछापुच्छ्रे बैंकको बोनस सेयर साउन ४ गतेदेखि

<p>काठमाण्डौ ३०, असार । माछापुच्छ्रे बैंक लिमिटेडले साउन ४ देखि साउन १० सम्ममा बोनस सेयर वितरण गर्ने जनाएको छ । बैंकको सत्रौँ वार्षिक साधारण सभाको निर्णय अनुसार १६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्न लागेको हो । डीम्याट खाता भएको शेयरधनीको खातामा बोनस सेयर सिधैं जम्मा हुने र डीम्याट खाता नभएका शेयरधनीहरुलाई माछापुच्छ्रे बैंक लिमिटेडको [&hellip;]</p>

काठमाण्डौ ३०, असार । माछापुच्छ्रे बैंक लिमिटेडले साउन ४ देखि साउन १० सम्ममा बोनस सेयर वितरण गर्ने जनाएको छ । बैंकको सत्रौँ वार्षिक साधारण सभाको निर्णय अनुसार १६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्न लागेको हो ।
डीम्याट खाता भएको शेयरधनीको खातामा बोनस सेयर सिधैं जम्मा हुने र डीम्याट खाता नभएका शेयरधनीहरुलाई माछापुच्छ्रे बैंक लिमिटेडको सेयर विभागमा प्रमाणपत्र लिन सकिने बैंकले जनाएको छ ।
साथै, उक्त बोनस सेयर डीम्याट खाता मार्फत अभौतिक रुपमा लिन चाहने शेयरधनीले साउन २ सम्मामा डीम्याट खाता खोली बैंकलाई जनकारी गराएमा बोनस सेयर सोही खातामा जम्मा गरिने बैंकले जनाएको छ ।

Share News