काठमाडौं, २९ असार । लेनोभो स्मार्टफोनको नेपालका लागि आधिकारिक बितरक लाइफकमले नयाँ चार स्मार्टफोनका मोबाइलहरु नेपाली बजारमा ल्याएको छ । सार्वजनिक गरिएका मोडलहरुमाः लेनोभो के थ्री नोट, लेनोभो के फोर नोट, लेनोभो भाइव पी वान एम, र लेनोभो भाइव सी हुन् ।
कम्पनीका अनुसार लेनोभो के फोर नोटमा ५.५ इन्चको फूल एचडी डिस्प्ले छ भने यसमा ३ जीबी र्याम, १६ जीबी रोम र ३,३०० एमएएच ब्याट्री रहेको छ । यो १.३ गीगाहर्जको अक्टा कोर प्रोससरद्धारा संचालन हुन्छ । यसले फोरजी एल टी ई नेटवर्क सपोर्ट गर्दछ । यसको मूख्य विशेषता भनेको यसको पछाडिको भागमा रहेको फिंगरप्रिन्ट रिडर हो । यो फोनमा ड्यूल एलईडी फ्ल्याशसहित १३ मेगापिक्सेलको फेस डिटेक्सन, अटोफोकस रियर क्यामरा छ भने ५ मेगापिक्सेलको फ्रन्ट सूटर रहेको छ । उपभोक्ताले यो मोडलको खरिदमा एउटा निशुल्क भी आर हेडसेट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
लेनोभो के फोर नोटमा रहेको थिएटर म्याक्स फीचरले प्रयोगकर्तालाई ठूलो स्क्रीनमा हेरेको जस्तै अनुभव प्रदान गर्दछ । यसमा लेनोभो भीआर टेक्नोलोजी प्रयोग गरिएको छ जसले सिनेम्याटिक एक्सपेरियन्स दिन्छ । यो स्मार्टफोनमा हेरिने मूभिज, गेम्सलाई अझ आकर्षक र रोचक अनुभव लिएर भिआर हेडसेटका साथ हेर्न सकिन्छ । त्यस्तै कम्पनीले सराउण्ड साउण्ड अडियो सिस्टम प्रयोग गरेको छ जसले यसलाई अझ आकर्षक बनाएको छ ।
अर्को फोन लेनोभो के थ्री नोटमा १.७ गीगाहर्जको प्रोसेसर छ भने यसमा २ जीबी र्याम र १६ जीबीको रोम रहेको छ । यो स्मार्टफोनले ५.५ इन्चको एफ एच डी डिस्प्ले, २९०० एमएएच ब्याट्री प्रदर्शन गर्दछ । यसमा ड्यूल एलईडी फ्ल्याश सहित १३ मेगापिक्सेलको अटोफोकस रियर क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । यसमा विश्वको पहिलो डल्बि एटमोस भएको ड्यूल स्पीकर रहेको छ ।
कम्पनीका अनुसार लेनोभो भाइव पी वान एममा ५ इन्चको आइृपीएस डिस्प्ले छ र यो २ जीबी र्याम र १६ जीबी रोम सहित आउँछ । यसमा ४ हजार एमएएचको शक्तिशाली ब्याट्री रहेको छ, जसले टूजीमा ३६ घण्टासम्मको टक टाइम र थ्रीजीमा १६ घण्टासम्मको टक टाइम दिन्छ । यो फोनमा ८ मेगापिक्सेलको रियर क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।
लेनोभो भाइव सी १.१ गीगा हर्जको क्वाड कोर प्रोसेसर, र १ जीबी र्याम तथा ८ जीबी रोमसहित आउँछ । यो फोनमा २,३०० एमएएचको ब्याट्री प्याक रहेको छ, जसले २६० घण्टासम्म निरन्तर फोन संचालन हुन्छ । यो स्मार्टफोनले फोरजी नेटवर्क पनि सपोर्ट गर्दछ भने यसमा ५ मेगापिक्सेलको रियर क्यामरा र २ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले जनाए अनुसार यी सबै मोडलहरुले एन्ड्रोयड ललीपप अपरेटिंग सफ्टवेयर सपोर्ट गर्दछ भने द्रूत र शक्तिशाली प्रोसेसर सहित आउँछन्, जसले ड्यूल स्ट्याण्डवाई सहितको ड्यूल सिम सपोर्ट गर्दछ । कम्पनीले लागू गरेको नयाँ मोडलको घोषणाका साथमा क्यास काउण्ट योजना पनि संचालनमा छ । लेनोभो क्यास काउण्ट योजना अन्तर्गत प्रत्येक लेनोभो स्मार्ट फोनको खरिदमा ग्राहकले एउटा स्क्रयाच कार्ड पाउनेछन् जुन स्क्रयाच गरि स्योर शट पाँच सय रुपैयाँदेखि एक लाख रुपैयाँसम्म क्यास काउण्ट गर्ने अवसर पाउने कम्पनीले बताएको छ ।