काठमाडौं, २७ असार । सोमबार चार वटा बैंक तथा वित्तीय संस्थाको करिव ७२ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । बैंक अफ काठमाण्डू, वेष्टन डेभलपमेनट बैंक, गण्डकी विकास बैंक, देब विकास बैंकको बोनस सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।
बैंक अफ काठमाण्डूको ५५ लाख १२ हजार ५५२ कित्ता, गण्डकी विकास बैंकको ८ लाख ९ हजार ६०० कित्ता, देव विकास बैंकको ६ लाख २९ हजार ९३२ कित्ता र वेष्टर्न डेभलपलपमेन्ट बैंकको २ लाख ६१ हजार ६०० कित्ता बोनस सेयर सूचिकृत भएको छ ।