पुँजी बजारमा २० अंकको गिरावट, बीमा कम्पनीहरुको मूल्य सबैभन्दा बढी घट्यो

<p>काठमाडौं, २७ असार । सोमवार नेप्से परिसूचिक २० अंकले घटेको छ । आईतबार १७२२ अंकमा रहेको नेप्से सूचक सोमवार २०.२६ अंकले तल झरेर बन्द भएको हो । सोमबार सबैभन्दा बढी बीमा समूहको परिसूचक २१८ अंकले घटेको छ । उद्योग समूहबाहेक सबै समूहको मूल्य घटेको छ । पोखरा फाइनान्स, बागबेली लघुवित्त, सगरमागा इन्स्योरेन्स, सिनर्जी फाइनान्स, आरएमडीसीका [&hellip;]</p>

काठमाडौं, २७ असार । सोमवार नेप्से परिसूचिक २० अंकले घटेको छ । आईतबार १७२२ अंकमा रहेको नेप्से सूचक सोमवार २०.२६ अंकले तल झरेर बन्द भएको हो । सोमबार सबैभन्दा बढी बीमा समूहको परिसूचक २१८ अंकले घटेको छ । उद्योग समूहबाहेक सबै समूहको मूल्य घटेको छ ।

पोखरा फाइनान्स, बागबेली लघुवित्त, सगरमागा इन्स्योरेन्स, सिनर्जी फाइनान्स, आरएमडीसीका सेयरधनीले सोमबार सबैभन्दा बढी गुमाएका छन् ।

बोटलर्स नेपाल, सिद्धार्थ बैंक, माछापुच्छ«े बैंक, जनता बैंकका सेयरधनीले सबैभन्दा बढी आर्जन गरेको छन् । मजर टुटेपछि कारोबार खुला भएको माछापुच्छ« बैंकको सेयर मूल्य प्रतिकित्ता ४६ रुपैयाँले र जनता बैंकको सेयर मूल्य प्रतिकित्ता ३७ रुपैयाँले बढेको छ । विजनेश यूनिभर्सल बैंक मर्ज भएपछि खुलेको सिद्धार्थ बैंकको सेयर मूल्य प्रतिकित्ता ५९ रुपैयाँले बढेको छ ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति ल्याउने अन्तिम तयारी गरिरहेको समयमा केन्द्रीय बैंकसँग सम्वन्धित तीन उप सूचकहरु ओरालो लागेका छन् । बैंक सूचक ७.४२ अंक, विकास बैंक २७.७७ अंक र फाइनान्स ६.३८ अंकले तल झरेका छन्।

सोमवार कुल ९१ करोड ४२ लाख रुपैयाँको मात्रै सेयर कारोवार भएको छ । यसअघि बजारमा नियमित एक अर्व माथिको कारोवार भैरहेको थियो । सोमबारको गिरावट असार महिनामा भएको सबैभन्दा ठूलो गिरावट हो ।

Share News