रासन कार्ड वितरणको प्रक्रिया अघि बढ्यो, सहसचिव नागिलाको संयोजकत्वमा अध्ययन समिति

<p>काठमाडौं, २७ असार । आपूर्ति मन्त्रालयले जनतालाई रासन कार्ड वितरण गर्न प्रक्रिया सुरु गरेको छ । रासन कार्ड वितरणको लागि मन्त्रालयका सहसचिव उत्तमप्रसाद नागिलाको संयोजकत्वमा समिति नै गठन गरिएको छ । सरकारको उपभोक्ता संरक्षण समितिले गत १ असारमा उपभोक्तालाई रासन कार्ड वितरण गर्ने निर्णय गरेको थियो । आपूर्तिमन्त्री गणेशमान पुनले सो निर्णय कार्यान्वयन गर्ने गर्ने [&hellip;]</p>

काठमाडौं, २७ असार । आपूर्ति मन्त्रालयले जनतालाई रासन कार्ड वितरण गर्न प्रक्रिया सुरु गरेको छ । रासन कार्ड वितरणको लागि मन्त्रालयका सहसचिव उत्तमप्रसाद नागिलाको संयोजकत्वमा समिति नै गठन गरिएको छ ।

सरकारको उपभोक्ता संरक्षण समितिले गत १ असारमा उपभोक्तालाई रासन कार्ड वितरण गर्ने निर्णय गरेको थियो । आपूर्तिमन्त्री गणेशमान पुनले सो निर्णय कार्यान्वयन गर्ने गर्ने निर्णय गर्दै यस्तो समिति गठन गरिएको हो ।

उपभोक्तालाई दैनिक उपभोग्य बस्तुहरुको सहज आपूर्ति गर्नको लागि रासन कार्ड लागू गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ । यसको लागि ३ महिना भित्रमा अध्ययन गरी प्रतिवेदन पेश गर्न सो समिति गठन गरिएको हो ।

समितिमा सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव, आपूर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक निरज पौडेल, कन्जुमर आइ नेपालका अध्यक्ष बिमला खनाल सदस्य रहेको समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता आनन्दराम खनालले जानकारी दिए । सो समितिको सदस्यसचिव भने मन्त्रालयको बजार विश्लेषण महाशाखाका उपसचिव प्रेमप्रसाद आचार्यलाई तोकिएको छ ।

समितिलाई तीन बुदे कार्यादेश दिइएको छ । जसमा रासन कार्ड लागू गर्ने सम्बन्धमा छिमेकी देशमा भएका ब्यवस्थाको अध्ययन÷विश्लेषण गर्ने, रासन कार्डको आवश्यकता र औचित्य सम्बन्धमा अध्ययन गर्ने र रासन कार्डको सफल कार्यान्वयनको लागि सरकारले अपनाउनु पर्ने कदमका सम्बन्धमा सुझाव दिने भनिएको छ ।

Share News