जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध, छ जिल्लाको सार्वजनिक यातायात अस्तव्यस्त

<p>बैतडी, २६ असार । बिहीबार राति परेको पानीका कारण झरेको पहिराले अवरुद्ध बैतडीको खोड्पेदेखि बझाङको सदरमुकाम चैनपुरसम्मको जयपृथ्वी राजमार्ग चार दिनसम्म पनि पुनः सञ्चालन हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले मटेला– ३ मा पर्ने जाल्याबगर आसपासका १५ स्थानमा र रायलको दिउरामा गएको पहिराले राजमार्ग अवरुद्ध भएको जानकारी दिए [&hellip;]</p>

बैतडी, २६ असार । बिहीबार राति परेको पानीका कारण झरेको पहिराले अवरुद्ध बैतडीको खोड्पेदेखि बझाङको सदरमुकाम चैनपुरसम्मको जयपृथ्वी राजमार्ग चार दिनसम्म पनि पुनः सञ्चालन हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले मटेला– ३ मा पर्ने जाल्याबगर आसपासका १५ स्थानमा र रायलको दिउरामा गएको पहिराले राजमार्ग अवरुद्ध भएको जानकारी दिए ।

शुक्रबारदेखि बिहानैदेखि नै डोजरले पहिरो पन्छ्याउन सुरु गरेको भए पनि धैरै ठाउँमा पहिरो गएकाले सडक खुलाउन अझै केही दिन लाग्ने चन्दले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा काठमाडौंँ, कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम र बैतडीका लागि छुटेका तथा जिल्ला भित्रिने लागेका गाडी तथा यात्रुबीच बाटामै रोकिएका छन् । रासस

Share News