गोरखाको गण्डकी गाउँपालिकामा शुक्रबारदेखि कोभिशिल्डको दोस्रो डोज

<p>काठमाडौं । गोरखाको गण्डकी गाउँपालिकाले कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको रूपमा एस्ट्राजेनेकाको लगाउने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै साउन २९ र ३० गतेसम्म कोभिशिल्डको दोस्रो डोज खाेज लगाउने जनाएकाे हो । गाउँपालिकाले ८ वटै स्वास्थ्यचौकीमा उक्त खोप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । खोप लगाउन जाँदा जनस्वास्थ्यका मापदण्ड [&hellip;]</p>

काठमाडौं । गोरखाको गण्डकी गाउँपालिकाले कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको रूपमा एस्ट्राजेनेकाको लगाउने भएको छ ।

गाउँपालिकाले एक सूचना जारी गर्दै साउन २९ र ३० गतेसम्म कोभिशिल्डको दोस्रो डोज खाेज लगाउने जनाएकाे हो । गाउँपालिकाले ८ वटै स्वास्थ्यचौकीमा उक्त खोप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

खोप लगाउन जाँदा जनस्वास्थ्यका मापदण्ड पुरा हुने गरी र खोप लगाउन आउने व्यक्तिले कोभिशिल्डको पहिलो मात्रा लगाएको एकिन गरी दोस्रो मात्रा दिने समेत सूचनामा उल्लेख छ । गाउँपालिकामा उक्त खोप बिहान १० बजे देखि ४ बजेसम्म खोप लगाइने छ ।

भारतबाट पहिलो डोजको कोभिसिल्डको खोप आएपछि दोस्रो डोजको खोप नआएपछि आजबाट जिल्लाले दोस्रो डोजको रूपमा भुटान र जापानले दिएको एस्ट्राजेनेकाको खोप लगाउन थालेको हो ।

जापानले नेपाल सरकारलाई अनुदान स्वरुप दिएको १६ लाख डोज एस्ट्राजेनेकाको खोप मध्ये आइतबारसम्म ८ लाख डोज नेपाल आइसकेको छ ।

Share News