प्रभु मनि ट्रान्सफर र एफ.आई.ए टेक्नोलोजिबीच रेमिटान्स सम्झौता

<p>काठमाडौं, २२ असार । निजी क्षेत्रको अग्रणी रेमिटान्स कम्पनि प्रभु मनि ट्रान्सफर प्रा.लि र भारतिय कम्पनि एफ.आई.ए टेक्नोलोजि प्रा.लि, इन्डीया विच रेमिटान्स सम्झौता सम्पन्न भएको छ । सम्झौतामा प्रभु मनि ट्रान्सफरका तर्फ बाट उपाध्यक्ष कुशुम लामाले र एफ.आई.ए को तर्फबाट वित्त तथा अपरेशन प्रमुख प्रदिप मेहेताले हस्ताक्षर गरेका छन् । भारतिय सुपरिचित बैंकहरु एस बैंक, [&hellip;]</p>

काठमाडौं, २२ असार । निजी क्षेत्रको अग्रणी रेमिटान्स कम्पनि प्रभु मनि ट्रान्सफर प्रा.लि र भारतिय कम्पनि एफ.आई.ए टेक्नोलोजि प्रा.लि, इन्डीया विच रेमिटान्स सम्झौता सम्पन्न भएको छ । सम्झौतामा प्रभु मनि ट्रान्सफरका तर्फ बाट उपाध्यक्ष कुशुम लामाले र एफ.आई.ए को तर्फबाट वित्त तथा अपरेशन प्रमुख प्रदिप मेहेताले हस्ताक्षर गरेका छन् ।

prabhu_agree_remitanceभारतिय सुपरिचित बैंकहरु एस बैंक, बैंक अफ इन्डीया, स्टेट बैंक अफ इन्डीया, विजया बैंक लगायतका बैंकहरुसँगको सहकार्यमा भारत भरी ८ हजार ५ सय भन्दा बढि सेवा केन्द्र मार्फत आन्तरीक तथा बाहय रेमिटान्स कार्य गर्दै आएको छ । यस कम्पनीले अब भारतमा रोजगारीको शिलशिलामा गएका नेपालीहरुका लागि सस्तो र सुलभ एंव विश्वाशिलो रेमिटान्स सुविधा प्रदान गर्ने कम्पनिका वित्त प्रमूख प्रदिप मेहेताले बताएका छन् ।

सम्झौता पश्चात भारतबाट नेपालमा रेमिटान्स पठाउनको लागि प्रभु मनि ट्रान्सफर इन्डीयाको सहकार्यमा एक दर्जन भन्दा बढि कम्पनिहरुले संकलन गरेको रकम नेपालमा प्रभु मनि ट्रान्सफरको भुक्तानी केन्द्रहरु मार्फत सजिलै भुक्तानी लिन सक्ने छन ।

Share News